प्रहरी सहायक हबल्दार शर्माको आतंक, सर्वसाधारण त्रसित

वीरगंज, ईलाका प्रहरी कार्यलय पोखरियामा कार्यरत प्रहरी सहायक हवल्दार सुरेन्द्र शर्माको आंतकले अहिले सो क्षेत्रमा सर्बसधारणहरु आतंकीत भएको समाचार प्राप्त भएको

 

ईप्रका पोखरियाले सदापोशाकमा सुचना संकलनमा खटाएको शर्माले मातहत भित्र रहेका किराना, मदिरा पसलहरुमा पुगी मासिक रकम उठाउने गरेको पिडीतहरुले जानकारी गराएका छन सो क्षेत्रको सबैठवा, धोबियाटोल भिस्वा, बन्जारी टिहुकी, चारगाहा,जानकीटोल झलमहीया,दसौता,आदी ठाउहरुमा अहिले दजर्नौ धरेलु मदिरा बनाउने ठाउबाट लाखौ रुपैया मासिक असुल गरिहेको समाचार स्रोतले जानकारी दिएको

 

त्यसैगरि ईलाका प्रहरी कार्यालय पोखरिया मातहत प्रसौनीभाठा, अमरपटी, धोरे, खेस्रहा , सबैठवा , बुढगाइ , टिहुकी , भेडिहरवा, आसवारी , जानकीटोला लगायतको सिमानाकाबाट घुमुवा प्रहरी सहायक हवल्दार सुरेन्द्र शर्माकै सेटिङमा भारतबाट लत्ताकपडा, मिठा ,गेहु , जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक पार्टस, मोटर पार्टस, खाद्यान्न, कस्मेटिक तथा खेलकूदलगायतका भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ, रजनीगन्धा, स्पेयर पार्टस्, भाँडाकुडा माछालगायतका समानहरु पिकअप भ्यान, -रिक्सा, ट्याम्पु, मोटरसाइकल, साइकलका माध्यमबाट लाखौं लाख बराबरको समानहरु आउने गरेको सो क्षेत्राबाट आएका समानहरु रंगपुर, एकटागा, महुवन निचुटा,बडिनियार, हुदै जितपुरसम्म पुग्ने गरेको

 

सो क्षेत्रका नामुद तस्कर सत्रुधन भने बैलाका समूहले जुत्ता चप्पलको तस्करी गर्न लाईन पाएका छन

 

यस्तै तिलावे पुल हुदै बारवा अमरपट्टिबाट बब्लु यादव भुवन यादवले भारतबाट भैंसी नेपालमा ल्याउने लाइन पाएका छन् भारतका नामुद तस्करका रूपमा चिनिने महादेव यादवसँगै उनको समूहका सदस्यहरुले जानकीटोला आसवारी लगायतका नाका भएर अवैध रूपमा भैँसी तस्करी गरी जगरजनाथपुर परवानिपुरस्थित रहेको भैँसी बजार पशु हाट बजारसम्म पुर्याउने गरेको समाचर स्रोतले जानकारी दिएको

 

पर्साको अमरपट्टि नाका प्रयोग गरी झौवागुठ्ठीका अनुप साह कुखुराको चल्लाको तस्करी गरिरहेको पाइएको पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरु यिनै तस्करहरूले भित्र्याएका चल्लाबाट संचालन भइरहेको स्थानीयको भनाइ यश बिषयमा ईप्रका पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीसंग बुझ्दा घुमुवा को आफुलाइ यस बिषयमा केही जानकारी नरहेको बताए


तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन