बैंक तथा वित्तीय संस्थाले घटाएको ब्याजदर आजदेखि लागु

1.9k Shares

काठमाडौं, १ चैत । बैंक तथा वित्तीय संस्थाहरुले घटाएको ब्याजदर बुधबारदेखि लागु भएको छ । 

वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघ, विकास बैंकर्स, नेपाल वित्तीय संस्था संघले १ चैतदेखि  कर्जामा एक प्रतिशत र निक्षेपमा शून्य दशमलब चार प्रतिशत ब्याजदर घटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार बुधबारदेखि लागु भएको हो । 

उक्त निर्णय लागु भएसँगै बैंकहरुले अब कर्जामा पाँच प्रतिशतसम्म ब्याज लिन पाउने भएका छन् भने निक्षेपतर्फको साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ८ प्रतिशतसम्म ब्याज दिनेछन् । 

विकास बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर शून्य दशमलव २५ प्रतिशतसम्म घटाएको छ । नेपाल वित्तीय संस्था संघ (फाइनान्स)ले मुद्दती निक्षेपको ब्याज दर शून्य दशमलव २० प्रतिशतले घटाएको छ ।

सम्बन्धित समाचार