काठमाडौंमा गाडीको ठक्करबाट एक जनाको मृत्यु

काठमाडौं/काठमाडौं महानगरपालिका-९ तिलगंगामा गाडीको ठक्करबाट शनिबार एक जनाको ज्यान गएको छ।

ना३ख ६०६४ नंको गाडीको ठक्करबाट गम्भीर घाइते सिन्धुपाल्चोक जलवीरे गाउँपालिका-९ घर भई हाल काठमाडौंको सिनामंगल डेरा गरी बस्ने ७५ वर्षीया चन्द्रमाया बस्नेतको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरी वृत्त गौशालाले जनाएको छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन