सुर्मादेवी समाज धनगढीको अध्यक्षमा सिंह

धनगढी/सुर्मादेवी समाज धनगढीको ३३औं साधारण सभा र १०औं अधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ।

समाजको अध्यक्षमा जनकबहादुर सिंह, उपाध्यक्षमा कर्णबहादुर जप्रेल, सचिवमा मोहनबहादुर भण्डारी, सहसचिवमा सुलोचना कडायत र कोषाध्यक्षमा सत्यराज स्नेही निर्वाचित भएका छन्।

त्यस्तै सदस्यमा ज्योतिप्रकाश जोशी, प्रेमबहादुर भण्डारी, महेश गिरी, दानबहादुर अयडी, मधु थापा र कर्णबहादुर धामी चयन भएका छन्।


तपाइको प्रतिक्रिया दिनुहोस्

बिज्ञापन