दोल्ती पावरको आइपीओमा आवेदन दिने अन्तिम दिन

2.1k Shares

काठमाडौं/दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने आज चैत ७ गते अन्तिम दिन रहेको छ ।

लगानीकर्ताले आज कार्यालय समय भित्र कम्पनीको आईपिओमा आवेदन दिन सक्नेछन । 

दोल्ती पावरले फागुन ८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ निष्कासन गरेको हो ।

उक्त आईपिओमा न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ५ लाख ३६ हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र दैलेख जिल्लाको नोमुले र कालिका गाविसमा बसोबास गर्ने स्थानीय बासिन्दाहरुको लागि २ लाख ६८ हजार २४३ कित्ता छुट्याएको छ ।

साथै, कम्पनीले सर्वसाधारणहरुका लागि निष्कासन हुने कित्ताको १० प्रतिशत अर्थात १ लाख ७ हजार २९८ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको हो ।

यसमा बिक्री प्रबन्धकको एनआइसी एसिया क्यापिटलले गरेको छ । 

कम्पनीलाई इक्रा नेपालले ‘इक्राएनपी आइआर डबल बी’ रेटिङ प्रदान गरेको छ । यसमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

सम्बन्धित समाचार