इंग्ल्यान्डको फराकिलो जित

9.8k Shares

काठमाडौं । नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । बुधबार राति समूहको अन्तिम खेलमा आइसल्यान्डमाथि ४-० को फराकिलो जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डको जितका लागि फिल फोडेनले दुई गोल गरे । त्यस्तै डेक्लान राइस, मासन माउन्टले एक-एक गोल गरे ।
खेलको २०औं मिनेटमा डेक्लानले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले फिल फोडेनको पासमा गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाए । २४औं मिनेटमा मासन माउन्टले गोल गरे । उनले ह्‍‌यारी केनको पासमा गोल गर्दै इंग्ल्यान्डलाई पहिलो हाफमा २-० को अग्रता दिलाए ।
८०औं मिनेटमा फिल फोडेनले गोल गरे । उनले जाडोन सान्चोको पासमा गोल गर्दै इंग्ल्यान्डलाई ३-० को अग्रता दिलाए । त्यसको ४ मिनेट नबित्दै फोडेनले व्याक्तिगत दोस्रो गोल गरे । उनले विङ्क्सको पासमा गोल गर्दै इंग्ल्यान्डलाई ४-० को फराकिलो जित दिलाए ।
इंग्ल्यान्डले नेसन्स लिगको अर्को चरणमा प्रवेश गर्न नसके पनि समूहमा सुखद अन्त्य गरेको छ । समूह ‘बी’मा रहेको इंग्ल्यान्डले ६ खेलबाट १० अंक जोड्दै समूहको तेस्रो स्थानमा रहेर लिगको अन्त्य गरेको हो । पराजित आइसल्यान्ड भने ६ खेलमा नै जितविहीन रहँदै समूहको अन्त्यमा रहेर रेलिगेसन जोनमा छ ।

सम्बन्धित समाचार