बहुमत सचिवलय सदस्यलाई प्रम ओलीले तर्साउन देउवासँग भेटेको आरोप 

2.3k Shares

काठमाडौं । नेकपाको बहुमत सरकारको नेतृत्व गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद बढ्दै गएपछि नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवासँग भेटघाट गरी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरूलाई तर्साउन खोजेको आरोप लागेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले दस्तावेजमार्फत फर्काउने जवाफको प्रतीक्षा गरिरहेका प्रचण्डसहित बहुमत सचिवालय सदस्यहरु ओली र नेका सभापति देउवासँगको भेटले सशंकित बनेका छन् ।
नेकपाले मङ्सिर १३ गते सचिवालय बैठक त्यसको पाँच दिनपछि स्थायी कमिटी बैठक र १२ दिनपछि केन्द्रीय कमिटीको तिथि तय गरेकाले दुवै प्रतिवेदन मातहतका कमिटीमा जानेछ । त्यसले समाधान दिने अपेक्षा तलतलका कार्यकर्ता बसेका छन् । यसकारण कि, केन्द्रीय कमिटी महाधिवेशनपछिको सर्वोच्च निकाय हो ।
तर, प्रधानमन्त्री ओलीले पार्टीभित्र निकास खोज्नुको सट्टा बाहिर आँखा लगाउन थालेको र अरू विकल्पको खोजी गरेको नेताहरू बताउँछन् । प्रधानमन्त्रीले काङ्ग्रेससँग छलफल बढाएजस्तो गरेर प्रचण्ड—नेपाल समूहलाई दबाबमा राख्न खोजेको एक सचिवालय सदस्य बताउँछन् ।
 

सम्बन्धित समाचार