परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हेटौडाबाट बृहत् रक्तदान कार्यक्रम सम्पन्न, १५८ प्रिन्ट बढी रक्त संकलन

30.4k Shares

हेटौडा/परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हेटौडाबाट आज बुधबार बृहत् रक्तदान कार्यक्रम आयोजना भएको छ । बिहान ७ः३० बजेबाट शुरु भएको उक्त कार्यक्रम अपरान्ह ३ बजे समापन भएको थियो । रक्तदान गर्ने कार्यक्रम भने बिहान ८ बजेदेखि शुरु भएर ३ बजेसम्म चलेको थियो ।
यस्तैमा, निस्तार चाडको प्रेम, जीवन बचाउने प्रेम, रक्तदान कार्यक्रमद्धारा अमूल्य जीवन बाँड्ने परमेश्वरको मण्डली विश्व सुसमाचार समाज हेटौडाबाट करीब १५८ प्रिन्ट भन्दा बढी रक्त आपूर्ति भएको थियो ।
१,१८७ औँ रक्तदान अभियान कार्यक्रमको प्रमुख अतिथीमा बागमती प्रदेशका माननीय सामाजिक विकासमन्त्री कुमारी मोक्तान, विशेष अतिथीहरुमा मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर घलान, जिल्ला प्रहरी कार्यालय प्रमुख बामदेब गौतम, हेटौडा वडा नं. ९ का वडा अध्यक्ष सुकराम केसी, हेटौडा स्कूल अफ मेनेजमेन्टका व्यवस्थापक पुरन बहादुर जोशी, लगायत अन्य स्रष्टाहरुको बाक्लो उपस्थिति रहेको थियो ।
परमेश्वरको मण्डलीचाहीँ विश्वका १७५ वटा देशहरुमा स्थापना भएको र सदस्यहरुको कुल संख्या ३५ लाख भएको एक विश्वव्यापी मण्डली हो । छिमेकीलाई सहयोग, आपतकालिन राहत कार्य, वातावरण संरक्षण, रक्तदान कार्यक्रम, शैक्षिक सहयोग, कोभिड १९ का कारण जोखिममा परेकालाई सहयोग गर्ने कार्यसहित चौबीस हजार पटकभन्दा बढी स्वयंसेवा गतिविधिहरुको नेतृत्व लिँदै यो मण्डलीले ख्रीष्टको प्रेमलाई विश्वका विभिन्न ठाउँहरुमा कार्यान्वयन गरिरहेको छ । 
ती कार्यहरुको परिणामस्वरुप मण्डलीले अमेरिकी राष्ट्रपति ओबामा, ट्रम्प र वाइडेनबाट राष्ट्रपतीय स्वयंसेवा अवार्ड (सर्बोकृष्ट संगठन अवार्ड, ५३ वटा स्वर्णीम अवार्डहरु), गणतन्त्र कोरियाका ती सरकारहरुबाट राष्ट्रपतीय अवार्ड, ब्राजिलको विधायिकी पदक, अनि अन्तर्राष्ट्रिय वातावरण अवार्ड रहेको ग्रीन वल्र्ड अवार्ड र ग्रीन एप्पल अवार्ड गरी लगभग पैतिस सयभन्दा बढी अवार्डहरु प्राप्त गरेको छ । मण्डलीले नेपालमा पनि केही प्रशंसा पत्रहरु पाएको छ जुन www.watv.org वेब साइटमा हेर्न सकिन्छ ।

signal-2023-05-31-15-37-03-001.jpgsignal-2023-05-31-15-37-03-001-1.jpgsignal-2023-05-31-15-37-03-001-2.jpgsignal-2023-05-31-15-37-03-001-3.jpgsignal-2023-05-31-15-37-03-001-5.jpgsignal-2023-05-31-15-37-03-001-9.jpgsignal-2023-05-31-15-37-03-001-11.jpgsignal-2023-05-31-15-37-03-001-12.jpgsignal-2023-05-31-15-37-03-001-13.jpgsignal-2023-05-31-15-37-03-001-15.jpgsignal-2023-05-31-15-37-03-001-17.jpg

सम्बन्धित समाचार