यो संसार, सभ्यता, संस्कार र नागरिक स्वस्थ केवल उर्जा शक्तिले मात्र  राख्न सक्छ !

16.2k Shares

आधुनिक र बैज्ञानिक समाज  शिक्षाको क्षेत्रमा ,निर्माणको क्षेत्रमा, शोध र अनुसन्धानको क्षेत्रमा, मनुष्यको शारीरिक बनावटको क्षेत्रमा, पशुपंक्षीलगायत वनस्पतिको क्षेत्रमा लगभग लगभग सम्पूर्ण जानकारी राख्न सक्ने अवस्थामा पुगिसकेको देखिन्छ ? यति मात्र होइन आजको मनुष्य पृथ्वी र सौरमण्डलको बारेमा पनि सबै कुराको ज्ञाता भइसकेको छ र अहिलेसम्म उसले सुल्झाउन नसकेका थुप्रै कुराको पत्ता लगाउन सक्ने योग्यता पनि हासिल गरिसकेको छ । तर उसको शोध खोज र अनुसन्धानमा भने थुप्रै अप्ठ्याराहरु छन् र ती अप्ठ्याराहरुको भने समाजको शुरुकै दिनदेखि अहिलेसम्म र भविष्यमा पनि नसुल्झिने या सुल्झाउन नसकिने या यकिन गरेर ठोकुवा गरी भन्न सक्ने या प्रमाण दिन सक्ने आधार या क्षमता अहिलेसम्म देखिएको पनि छैन र भविष्यमा पनि देखिने छैन । भगवान छ या छैनमा कन्फ्युज्ड छ, देवीदेवता र भुतप्रेतमा कन्फ्युज्ड छ, धामीझाँक्री, ज्योतिषीमा कन्फ्युज्ड छ, तन्त्रमन्त्रमा कन्फ्युज्ड छ । यिनै कुराहरुले गर्दा मनुष्य शुरुदेखि अहिलेसम्म र भविष्यमा पनि दुइटा विचारमा बाँडिएको छ र दुइटैको बारेमा दुबै पक्षसँगै बसेर छलफल, अनुसंधान गरेर यो बिषयको टुङ्गो लगाउनुको साटो एकअर्कालाई दोषारोपण गर्दैमा अधिकांश समय बर्बाद गरिरहेको छ ।
समाजलाई स्वयं मनुष्यले नै भौतिकवाद र अध्यात्मवादम दुई टुक्रामा टुक्र्याएर मनुष्य नै मनुष्यको दुश्मन बनाएको छ । भौतिकवादले अध्यात्मवादको अस्तित्व स्वीकार गर्न नसक्ने कुनै सोलिड प्रमाण दिन सक्छ न अध्यात्मवादले भौतिकवाद स्वीकार नगर्न सक्ने कुनै आधार प्रमाणित गर्न सक्छ । मिडियामा,पत्रपत्रिकामा अध्यात्मवाद नस्वीकार्नेहरु पनि धामीझाँक्री, तन्त्रमन्त्र, मन्दिर मन्दिर, ज्योतिषी कहाँ आफ्नु असफलताको कारण भाग्यलाई या लागुभागु भनेर ताँती लाग्ने चलन झन्झन्  बढ्दै गएको देखिन्छ भने उता लागुभागु भन्नेहरु पनि दुआ र दवा भनेर ओैषधी खानै पर्छ भनेर पठाउँछन् । यसरी सबै कुराको वास्तविक रुपमा सोच विचार गर्ने हो भने समस्या कहाँनेर छ त दुबैले दुइटै विचार आँखिर मानेकै देखिन्छ ? विचारमा विचलन नभएको कुरामा त मनुष्य सफल भयो तर जहाँनेर उसको विचारमा कन्फ्युजन आयो त्यो विचार उसले स्वीकार्न पनि सकेन र नकार्न पनि सकेन । जहाँ जुन बिषयमा मनुष्य कन्फ्युज्ड हुन्छ त्यसमा उसलाई भगवान या विज्ञान जसले साथ दिए पनि कुनै हालतमा सफल हुन सक्दैन । आजको अत्यन्त आधुनिक बैज्ञानिक समाजले धेरै उन्नति तरक्की गरेको देखिए पनि वास्तवमा उ जतिजति उन्नतिशील हुँदै सहज, सरल र स्वस्थ्य जीवन जिउने प्रयासमा विलासिताको दास बन्दै गै राखेको छ त्यतित्यति रोगी हुँदै आफ्नो भौतिक शरीरलगायत मन मस्तिष्क, सीप, योग्यता, शिक्षालाई कसैको या कामको दास बनाउदै गएको छ । सम्पन्न तथा धनवान् बन्ने लालसामा धनभन्दा बढी टेन्सनको कुम्लो गरुँगो बनाउँदै गएको छ र त्यही टेन्सनले आफ्नु शरीरलाई रोगले सजिलै सस्तैमा बास बस्ने धर्मशाला बनाउदै गएको छ । कतिपय रोगलाई क्रोनिक भनेर आधुनिक स्वास्थ्य विज्ञानले अनक्युरेबल (सन्चो पार्न नसकिने) भनेर स्वयं भनेको छ अनि डोकोको डोको ओैषधी के को लागि घिचाउ छ त अत्यन्त विद्वान र उच्च शिक्षित मनुष्यले कहिलै त्यसबारे १% पनि सोच्ने ,विचार गर्ने गरेको छ ? सामान्य फ्लू यानि रुगाखोकी औषधी खाए पनि एकहप्ता नखाए पनि एक हप्तामा ठिक हुन्छ भन्छ अनि औषधी सेवन गरे पनि नगरे पनि एक हप्तामा सन्चो हुन्छ भने औषधीको नाममा मान्छेलाई केमिकल किन घिचाउने ? स्वास्थ्यप्रति आफैलाई अत्यन्त सजग र जानकार भएको गर्व गर्ने सचेत मान्छेहरुले औषधीको नाममा जुन बिषाधी दालभात भन्दा बढी खाने गर्छन् कमसेकम त्यो औषधीको फाइदाको साथसाथै हानि (साइड इफेक्ट) कति छ भनेर औषधी बनाउने कम्पनीले नै फाइदा र हानिबारे प्रष्ट रुपमा भनेका भनाइहरु या चेतावनीबारे कहिलै सोच विचार र अध्यन गर्ने फुर्सद पाएका छन् ? दुख्यो भने दुखेको आराम हुन्छ भनेर  पेन किलर कुनै डाक्टरको सल्लाह विना आफै खाइ  हाल्छन् तर कहिले सोचेका छन् जुन पेनकिलर खाँदैछन् त्यसको साइड इफेक्ट कति छ ? पेनकिलर प्रेस्क्राइब गर्ने चिकित्सक स्वयंले कतिपय लेखमा, अन्तर्वार्तामा त्यसको हानी बारे पटक पटक भनी राखेका छन्, लेखी राखेका छन् ? पेन किलरको जथाभावी प्रयोगले आज आन्द्रामा प्वाल पर्ने, किड्नी ड्यामेज हुने कुरा स्वयं यी औषधी बनाउने कम्पनी, चिकित्सक र स्वास्थ्य सम्बन्धि शोध गर्ने संस्थाहरु सबैले भन्ने गरेको र जथाभावी सेवन नगर्न चेतावनी दिइरहेका हुन्छन् तर मान्छे त्यसको सकारात्मक र नकारात्मक असरभन्दा पनि तत्काल राहत कसरी लिन सकिन्छ भन्ने सोचमा बन्दी बनेर आफ्नु  स्वास्थ्यसँग स्वयं खेलवाड गरिरहेको छ ? अनि भौंतारी रहेको छ, ठुलो अस्पताल धाउँछ धाउँछ सन्चो नभए  प्राकृति चिकित्सा तिर लाग्छ त्यहाँ पनि सन्चो नभए विभिन्न थेरापी हुँदै धामीझाँक्री, ज्योतिष, साधुसंत मातालगायत सम्पूर्ण जति पनि अहिले स्वास्थ्य र लागुभागुको उपचारको नाममा, भविष्यवाणीको नाममा गुगलबायदेखि माताहरु तथा टेलेन्टलाई विश्वमा चिनाउने नाममा कसैका बच्चाहरु ल्याएर रातदिन कडा परिश्रम गर्न लगाएर अपांग बनाउने, कसैका बच्चाहरु झाडीमा फाल्न लगाएर भिडियो बनाई डोनेशनको भिख माग्ने षड्यन्त्र रच्ने युट्युबे पत्रकारहरु, सहयोगको नाममा चन्दा उठाएर आफ्नु पनि गासबासको व्यवस्था राम्रै गर्न सक्ने क्षमता भएकाहरु, आइकन्टेकटबाट जस्तो सुकै रोग निको पार्ने, हुँदाहुँदै अब त मरेका मान्छेहरु पनि जिउँदो पार्ने क्षमता भएका ब्यक्तिहरु केवल नेपालमा मात्रै  पाइन्छन् । जति जात उति टेलेन्ट, उति नै जानकार । नेपालीले नजानेको भन्ने केही छैन तर विडम्बना काम गर्न बिदेश जानुपर्ने, उपचार गर्न बिदेश जानुपर्ने, धनी बन्न मान्छे बिदेशमा बेच्नुपर्ने, शिक्षा हासिल गर्न बिदेश जानुपर्ने, खाने कुरा बिदेशबाट मगाउनु पर्ने, लुगालत्ता बिदेशबाट मगाउनु पर्ने, ग्यास, तेल बिदेशबाट मगाउनु पर्ने, सामान्ने साइकल र सियो धागो र बटनसमेत बिदेशबाट मगाउनु पर्ने, मन्त्री बन्न र मन्त्री पद जोगाउन  ‘....दुर है’ को दरवार धाएर सास्टाङ्ग दण्डबत गर्नै पर्ने अनि हामीले देखाउने युट्युबे मल्टी टेलेन्ट भन्या यस्तै केवल राष्ट्रघात गरेर बिदेशी शक्ति केन्द्रको बिचौलिया बनेर नमकहलाली गर्ने हो ? बिश्वमा बिश्वसनीयता र प्रसिद्धि कमाएका सिंंहदरबार बैद्यखाना र जडिबुटीजस्ता स्थापित हुँदै गएका स्वास्थ्यको क्षेत्रमा सराहनीय कार्य गर्न सफल संस्थाहरु परिवर्तनको नाममा र बिदेशी फार्मको कमिशनको कलोमा ध्वस्त पार्न लगाउने, उद्योग धन्दा बेच्न लगाउने बिचौलियाहरु राष्ट्रवादी र राष्ट्रको उन्नति गर्न चाहन्छन् भनेर सोच्नु पनि रोगी कमिशनखोर मानसिकताको लक्षण हो, जो दिन प्रतिदिन छर्लङ्ग हुँदै गएको छ ।
आज हामी शारीरिक रुपमा मात्रै अस्वस्थ छैनौं भौतिक, नैतिक, सैद्धान्तिक, वैचारिक, मानसिक, धार्मिक, शैक्षिक, सामाजिक रुपमा पनि क्रोनिक डिजिजका सिकार बन्दै गएका छौं । सामाजिक, शारीरिक र मानसिक रुपमा केयर (सन्चो) नहुने रोगले आफ्नो जालोमा फसाउदै लानु भनेको न कुनै आम नागरिकको  लागि ठिक हो, नकुनै भिआइपीका लागि ठिक हो, नकुनै समाजका लागि ठिक हो, न कुनै संघ संस्थाका लागि ठिक हो, न कुनै राजनीतिक दलका लागि ठिक हो, न कुनै सरकारका लागि ठिक हो ? यो केवल बिग फार्मा र बिचौलियाहरुका लागि मात्र कमाइ खाने भाँडो हो । सर्वप्रथम कुनै पनि समाज, सरकार, संघ संस्था, गाउँ परिवार सुखी, सफल, समृद्ध र सक्षम हुनको लागि त्यो सिस्टमलाई चलाउने र त्यसमा बाँच्ने मानिसहरु स्वस्थ हुन जरुरी हुन्छ त्यसैले हामीले बहुतै ध्यान दिनुपर्ने या केयर गर्नुपर्ने भनेको एक नम्बरमा हाम्रो स्वास्थ्य नै हो, जब हाम्रो स्वास्थ्य स्वस्थ हुन्छ हाम्रो मन मस्तिष्क पनि स्वस्फूर्त हुन्छ, हाम्रो सोच विचार पनि स्वस्थ र सकारात्मक हुन्छ, हामीले जुन काम गरे पनि त्यो काम सफा, सुन्दर र सफल हुन्छ । वास्तवमा हामीले अलि गहन भएर सोच्ने हो भने यो ब्रह्माण्डको कुनै पनि प्राणीको जिउने आधारशिला भने कै सकेसम्म स्वस्थ रहनु हो । मनुष्य स्वस्थ भए मात्रै उ खाना खान सक्छ, उ आँटेको काम गर्न सक्छ, उ सोचेको ठाउँ जान सक्छ, उ जेकाम पनि स्वस्थ भए पछि मात्रै  गर्न सक्षम हुन्छ त्यसैले काम, नौकरी, पद, खाने कुरा सबै स्वस्थ शरीरलाई मात्र आवश्यक पर्छ, अस्वस्थ मान्छे नखान सक्छ, नकाम गर्न सक्छ, नपढ्न सक्छ, न जागिर खान सक्छ उल्टै उसलाई केयर गर्ने अर्को स्वस्थ मान्छे चाँहिन्छ । यसरी समग्रमा हेर्दा विचार गर्दा कुनै पनि प्राणीको एउटा जीवन चक्रको पाँग्रा सन्तुलित रुपमा गुडाउन स्वस्थ हुन आवश्यक छ, स्वस्थ रहन संतुष्ट हुन आवश्यक छ र संतुष्ट रहन उर्जावान हुन आवश्यक छ । 
मनुस्मृतिमा लेखिएको या भनिएको छ कि 
“संतोषं परमास्थाय सुखार्थी संयतो भवेत् ।
संतोष मूलं हि सुखं दुखमूलं विपर्ययः।।“
अर्थात् सुखको चाहना राख्ने मान्छेले परम् सन्तोषलाई धारण गरेर  संयमित जीवन व्यतीत गर्नु पर्छ किन भने सन्तोष नै सुखको मूल (आधार) हो भने असंतोष दुखको मुख्य  कारण हो ।
अर्को “संतोषम परम सुखम।“ यानी जे आफुसँग तत्काल उपलब्ध छ त्यसैमा संतुष्ट हुन पनि भनिएको छ तर मान्छे भन्ने प्राणी अरु सबै प्राणीहरमा बुद्धिमान, विवेकशील, विचारशील, अन्वेषक, अनुसन्धानकर्ता, निर्माणकर्ता, विनाशकर्ता्, ब्रह्मा, बिष्णु र महेश्वर कै सकारात्मक र नकारात्मक  मानव र दानव रुपी सन्तान भएको कारण यिनीहरुमा तिनै तिनवटै भगवानहरुको गुण पाइने भएकोले मान्छेको संतुष्टीलाई उसको स्वास्थ्यसंग जोडेर हेरेर हामी कतै गल्ती त गरिरहेका छैनौं यसको बारे छलफल विचार विमर्श र बहस गर्नु पर्ने आवश्यकता त छैन् ? यो समाजलाई र यो  समाजका मनुष्यहरु स्वस्थ, समृद्ध, खुशी र सुखी  रहन आँखिर अत्यन्त जरुरी के छ त ? मनुष्य संतुष्ट त भ्रष्टाचार गरेर पनि संतुष्ट  छ,बलात्कार गरेर पनि संतुष्ट  छ,हत्या गरेर पनि संतुष्ट छ, तस्करी गरेर पनि संतुष्ट छ, ठगेर लुटेर पनि संतुष्ट छ । कुनै मनुष्य सकारात्मक कार्य गर्दा संतुष्ट छ भने कुनै मनुष्य नकारात्मक काम गरेर संतुष्ट छ । त्यसैले मनुष्य स्वस्थ, समृद्ध, खुशी र सुखी रहन संतुष्टी, खानपान, रहनसहन भनाइमा मात्र व्यवहारिक देखिन्छ आँखिरमा उ स्वस्थ, सुखी, खुशी र समृद्धिको संजीवनी धन सम्पत्ति बंगला गाडी उच्च शिक्षा, उच्च पद आदिलाई मानेर राम्रोसँग खाइनपाइ आजीवन त्यसकै पछि दौडेको दौडै छ तर अथाह धन सम्पत्ति सुनका गाडी  र सुनकै छाना भएका महलमा बस्ने धनाड्यहरु के सुखी,स्वस्थ र संतुष्ट छन् त ? बुद्ध आँखिर राजपाठ त्यागेर रुख मुनि बस्न किन गए ? योगी नरहरिनाथ, स्वामी प्रपन्नाचार्य कहिलै सम्पत्तिको पछि दौडेनन् के तिनीहरु यो समाजबाट तृष्कृत या अपमानित भए ।  सन् १९८४ मा इण्डिया टुडे भन्ने पत्रिकाले गरेको एउटा सर्वेको रिपोर्ट प्रकाशित गरेको थियो जसमा अर्वपतिका बच्चाहरु घरबाट भागेर सडकमा भिखारीहरुसँग भिख मागेर बसेको र लाखौं लाखका पलङ् र डनलबका आरामदायी बेडमा सुत्नुभन्दा एउटा पाना अखबारको ओच्छ्याएर एउटा पाना ओढेर रेलबेका र सडकका पुल मुनि सुत्न पाउँदा अत्यन्त खुशी र संतुष्ट भएको, अत्यन्त आनन्द आएको र आफ्ना ती महलहरु कारागारभन्दा पनि बद्तर भएको, स्याहारसुसार गर्नेहरु सैतान जस्ता र आमाबाबुलाई आफुभन्दा धन पियारो भएको र जन्मेदेखि अरुले नै पालेको आमाबाबु घर आउँदा आफू सुति सकेको हुने, बिहान आफू नउठ्दै आमाबाबू सम्पत्ति कमाउन हिडी सकेको हुने, उनले हामीलाई पैदा त गरे तर उनका छोराछोरी त सम्पत्ति हो भन्दै घर फर्किन पट्कै नमानेको रिपोर्टमा उल्लेख गरेको तथ्य हामीले पढ्यौं तर भोलिपल्ट नै त्यो बिर्सी हाल्यौं ? बुद्ध देखि ती बच्चाहरुको साइक्लोजी माथी कुनै विश्लेषक, शोधकर्ता, मानव अधिकारवादी, लेखक कसैले चासो कहिलै राखेन, कहिलै त्यसको कारण खोज्ने कुनै संयुक्त राष्ट्रसंधले पहल गरेन ? सबका सब केवल रोग खोज्दै, भोक खोज्दै, गरिबी खोज्दै, चन्द्रमा र मंगलग्रहमा कसरी पुग्ने, न्युयोर्कबाट टोकियोसम्म मार गर्न सक्ने क्षेप्यास्त्र कसरी बनाउने, मनुष्य मनुष्यमा द्वन्द्व  गराउने उच्च र नीच जातहरु कसरी बनाउने, अडोसी पडोसी कमजोर राष्ट्रहरुका सिमाना कसरी खुम्च्याउने्, उपचारको नाममा मान्छेको शरीर केमिकलको भण्डार कसरी बनाउने यस्तै यस्तै आधुनिक बैज्ञानिक विकासका मुला फुटाउने कामको जालोमा अल्झिएर आधुनिक मानव वातावरणमा बीस फैलाएर, सामाजिक संरचना भत्काएर आर्टिफिसियल इन्टेलिजेन्सको गुगलिए दुलो भित्र छिरी गोला बारुद, कृषिमा बिषाधी मिसाउदै, मनुष्यको शरीर स्वस्थ राख्ने निहुमा बिषाधी सेवन गराउदै, जात जातीलाई पहिचानको हतियार थमाएर काटमार गर्न लगाउँदै विश्वका राष्ट्रको, जातिको, मानव स्वास्थ्यको विकास, समृद्धि, स्वस्थ र खुशहाल भविष्य निर्माणमा लागि परेको भनेर थाक्दैन ?
अब साँच्चै मनुष्य विचार भएको, बुद्धि भएको,विवेक भएको, विवेकशील प्राणी हो भने यो सम्पूर्ण ब्रह्माण्ड र त्यसमा जीवन यापन गर्ने वातावरण र उपाएको खोजी गर्न जरुरी छ ? र त्यो उपाएको हल या उत्तर भनेको केवल एउटा मात्रै  शक्ति छ त्यो हो उर्जा ? यो सम्पूर्ण ब्रह्माण्ड जिवित र चलायमान केवल त्यही उर्जा शक्ति  कै कारण छ,जतिपनि बम गोलाबारुद सबै उर्जाबाट नै चल्छन्, जतिपनि यातायातका साधन छन् ती सबै उर्जा शक्तिले नै चल्छन् , जति पनि परिवार संधसंस्था, सरकार सबै उर्जा शक्तिले नै गतिशील छन्, जतिपनि प्राणीहरु मनुष्य लयायत स्वस्थ छन् ती उर्जा शक्ति कै कारण छन् ? यसरी हामीले उर्जा शक्तिबारे अलिकति सोच विचार गरे मात्रै पुग्छ धेरै खोज तलाश र माथापच्ची गर्नु पर्दैन ? वास्तवमा ओैषधीले सन्चो पार्ने भए ५% वाहेक ९५% ओैषधी गर्दागर्दै किन मर्छन, झारफुक, धामीझाँक्री, ज्योतिषी लगायत जतिपनि उपचार विधिबारे १०० % ग्यारेन्टी दिएर विज्ञान गरेका हुन्छन् खोई त तिनीहरुले सबै रोगीहरु सन्चो पारेको  ? यो केही पनि हौइन जसको उर्जा शक्ति संतुलित छ उसलाई कुनै रोग या लागुभागुले मार्नै सक्दैन जसको उर्जा शक्ति मरिसकेको छ उसलाई स्वयं यमराजले पनि बचाउन सक्दैन । साँच्चै समाजलाई स्वस्थ र निरोगी बनाउन चाहने हो भने यो उर्जा शक्ति बारे अध्ययन,छलफल र बहस गर्न जरुरी देखिन्छ अन्यथा बिज्ञानले जतिसुकै तरक्की गरे पनि केमिकल ड्रग्स सेवन गराए र स्वस्थ राख्ने मान्यतामा परिवर्तन नगरेसम्म कुरा र खाली बहसको कुनै अर्थ छैन । जबसम्म आधुनिक समाजले उर्जा शक्तिको वास्तविकता स्वीकार गरेर त्यसको संतुलन र असंतुलनले नै स्वास्थ लगायत अन्य सम्पूर्ण क्षेत्रमा सकारात्मक  र नकारात्मक प्रभाव पार्ने कुरा स्वीकार नगरि प्रकृतिलाई, समाजलाई तथा भाग्यलाई दोष दिन छाड्दैन तबसम्म समाजमा विकृति र प्राणीहरु अंझ खासगरी सर्वश्रेष्ठ प्राणी मनुष्य चाँही रोगको जालोबाट कहिलै मुक्त हुन सक्ने छैन् र यो रोग तथा विकृति, विसंगतिको घेरामा  ब्रह्माण्ड रोग र मनुष्यको यात्रा सुचारु रुपमा ब्रह्माण्डको अन्त नहुँदासम्म लगातार जारी रहने छ ।

सम्बन्धित समाचार