
ललितपुर/विश्वभरी बढ्दै गइरहेको कार्बन उत्सर्जन न्यूनीकरण गरी पर्यावरण संरक्षण गर्न आसेजले सोमबार ललितपुरको युएनपार्कमा वृहत् सरसफाई कार्यक्रम आयोजना गरेको छ । आसेज ब्लू कार्बन एबिसी अभियान अन्तर्गतको एबिसी बेल्ट सरसफाइ कार्यक्रम विहान ८ बजेबाट सुरु भएर ९ः३० बजेसम्म भएको थियो ।
आसेजका २५० भन्दा बढी सदस्यहरु सहभागी भएको उक्त कार्यक्रममा पार्क र खोलाका फोहोरहरु एकैछिनमा टिपिएर सफा गरिएको थियो । विश्वभरी बढ्दै गइरहेको कार्बन उत्सर्जन न्यूनीकरण गरी पर्यावरण संरक्षण गर्न आसेजले गर्ने गरेको यस किसिमको मानवहितको गतिविधिचाहिँ मानवजातिको उज्ज्वल भविष्य र स्वच्छ पृथ्वीलाई सुरूदेखि अन्त्य सम्म बचाऔं (SavING the EARTH From A TO Z) भन्ने परियोजनाका केही अंश हुन् ।
कार्यक्रममा प्रमुख अतिथीको रूपमा उपसभामुख इन्दिरा राना मगर लगायत समाजका अरु दिग्गज व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो । यस्तैमा उपसभामुख मगरले जलवायु परिर्वतनको असरका कारण नेपाल ठुलो संकटमा पर्दै गएको टिप्पणी गर्नुभएको थियो । ।
वहाँले शक्तिशाली देशको बीचमा रहेको नेपालमा आफ्नो कारणले भन्दा अरुको कारणले जलवायु परिर्वतनको क्षेत्रमा धेरै क्षति पुगेको र त्यस्तो क्षतिबाट बच्न आवश्यक कानून निर्माण हुन आवश्यक रहेको बताउनुभयो । यस्तै कार्यक्रमा पाल्नुभएका सबै स्रस्टाहरुले आ(आफ्नो मन्तव्य पनि प्रस्तुत गर्नुभएको थियो ।
ASEZ परमेश्वरको मण्डलीसँग सम्बद्ध छ। परमेश्वरको मण्डली, विश्वका १७५ देशहरूका ७,५०० भन्दा बढी क्षेत्रहरूमा अवस्थित एक वैश्विक मण्डली हो। परमेश्वरको मण्डलीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्छ । परमेश्वरको मण्डलीले कोरियामा मात्र नभएर आमाको मनद्वारा विश्वभरिनै पिछडिएका छिमेकीलाई रक्तदान अभियान र मानवीय सेवा गर्ने जस्ता गतिविधिहरू गर्दैआएको छ। यसरी सक्रिय स्वयंसेवा कार्य गरेबापत परमेश्वरको मण्डली कोरिया, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, र ब्राजिलका सरकारी तथा गैर(सरकारी संस्थाहरूगरी ३,८००भन्दा बढी मेडल, प्रशंसापत्र र कदर पत्रद्वारा सम्मानित पनि भएको छ ।