अमेरिका र राष्ट्र संघले खाधन्न नदिदाँ इथोपियामा भोकमरीले ७ सयले गुमाए ज्यान

3.9k Shares

काठमाडौं, १३ असार । इथोपियामा भोकमरीमा परी ७ सय जनाको  मृत्यु भएको छ। 

इथियोपियाको उत्तरी टिग्रे क्षेत्रमा गत सात दिनमा भोकमरीका कारण ७०० भन्दा बढी मानिसको मृत्यु भएको हो । 

अन्तराष्ट्रिय समाचार संस्थाका अनुसार यसको पछाडिको वास्तविक कारण संयुक्त राष्ट्र र अमेरिकाबाट अनाज र खाद्यान्नको आपूर्ति रोकिदिदाँ यो समस्या आएको हो । 

जसअनुसार खाँचोमा परेकाहरूलाई दान गरिएको गहुँ चोरीको आरोप लागेपछि संयुक्त राष्ट्र र अमेरिकाले गत मार्चमा टिग्रेमा खाद्य सहायता रोकेको थियो। त्यसपछि उनीहरुले जूनको शुरु देखी इथियोपियाको बाँकी भागमा खाद्य सहायतालाई क्रमशः घटाए। जसको परिणाम स्वरुप टिग्रेमा भोकमरीका कारण ७ सय जनाले ज्यान गुमाएका हुन । 

सो घटनलाई लिएर अमेरिका र संयुक्त राष्ट्र संघको चर्को आलोचना भएको छ  । एक इथोयिाली नागरिकले भने, 'यो मानबीय अपराध हो, यो अपराधको सजायँ तीनीहरुलाई दिनै पर्छ ।'  

सम्बन्धित समाचार