हिरासतबाट फरार २ जना प्रतिवादी पक्राउ

3.2k Shares

बर्दिया । ज्यान मार्ने उद्योगमा गत असार ८ गतेदेखि अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाको हिरासतमा रही हिजो फरार भएका दुइजनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीर राज शाहीको कमान्डमा खटिएको प्रहरी टोलीले फरार भएका अजय नेपाली र राजा नेपालीलाई पक्राउ गरेको हो । 

बेलझुण्डि सामुदायिक वन र डाँफे सामुदायिक वनबाट पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय ढोढरीमा राखिएको प्रहरीले जानकारी दिएको छ । 

सम्बन्धित समाचार