आमाको मनद्धारा परमेश्वरको मण्डलीबाट वृहत सरसफाई कार्यक्रम आयोजना

18k Shares

भक्तपुर । परमेश्वरको मण्डली विश्व सुसमाचार समाजले आज बिहीबार काठमाडौको कागेश्वरी मनोहरा थलीमा सरसफाई अभियान सम्पन्न गरेको छ । स्वच्छ वातावरण र स्वस्थ जीवनका लागि भन्ने नारासहित बिहान ८ बजे शुरु भएको उक्त कार्यक्रममा मण्डलीका करीब ३०० जनाको सहभागिता रहेको थियो । कागेश्वरी मनोहराको पुष्पलाल मार्गमा मण्डलीका सदस्यहरुले थुप्रै टोलीमा बाँडिएर सडकमा फालिएका सबै प्रकारका फोहोर सङ्कलन गर्नुभएको थियो । डिस्पोजेबल कप, मास्क, प्लास्टिक तथा प्लास्टिकजन्य फोहोरहरू संकलन गर्नुभएको थियो । स्वयंसेवकहरूले सरसफाई अवधिभर उज्यालो मुहारमा एकले अर्कालाई सघाउँदै हर्षपूर्ण माहोलमा सरसफाई गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अथिति कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले मण्डलीले गर्दै आएको यो कार्य उत्कृष्ट भएको भन्दै आगामी दिनहरुमा पनि नगरपालिकाको तर्फबाट समन्वय, सहकार्य र सहयोग रहने बताउनुभयो । आ–आफ्नो विस्वास र आस्था फरक होला तर हामी सबै मानव हौं । स्वस्थ रहनको लागि सफाई अत्यावश्यक छ । आफ्नो क्षेत्र सफा र स्वच्छ राख्नु हामी सबैको दायित्व हो । मण्डलीले गरेको स्वयंसेवा कार्यप्रति खुसी व्यक्त गर्दै यो कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।

यस्तै परमेश्वरको मण्डली विश्व सुसमाचार समाज नेपालका अध्यक्ष तेजेन्द्र गौतमले ‘‘मानव जातिको जीवन र खुशीयालीको निम्ति परमेश्वरले सृजनुभएको जीवनको थलोलाई सफा र शुद्ध बनाएर यहाँका बासिन्दाहरूलाई स्वच्छ वातावरण उपहार दिन सन्तहरू एकजूट भएको बताउनुभयो । ’’ यस्ता खालका कार्यक्रमहरुमा नगरपालिकाको समन्वय र सहकार्य निरन्तर हुने कुरामा विश्वस्त भएको बताउनुभयो ।

कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष तथा प्रवक्ता विजय श्रेष्ठले मानव शरीर संवेदनशील छ । यो संवेदनशील शरीरलाई स्वस्थ राख्न सफाईको आवश्यकता पर्ने बताउनुभयो । कागेश्वरी मनोहरा नगरपालिकाका सबै वडालाई पनि यो सरसफाई कार्यक्रममा सहभागी गराउदैं आफ्नो वडा आफै सफा राख्नुपर्छ भन्ने कुराको सचेतना फैलाउन मण्डलीलाई आग्रह गर्नुभयो । मण्डलीले गरेको यो रचनात्मक कार्यक्रम यो ठाउँमा मात्र नभई नेपालका विभिन्न क्षेत्रहरुमा गर्दै आएकोले आगामी दिनहरुमा यस्ता खालका कार्यक्रमहरुमा नगरपालिका र वडाको सहकार्य हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

परमेश्वरको मण्डलीले स्वच्छ वातावरण बनाउनको निम्ति काठमाडौं, ललितपुर, रुपन्देही जस्ता सहरका विभिन्न ठाउँहरूमा वातावरण सरसफाई अभियानहरू सञ्चालन गर्दै आएको छ । हालसालैै यस मण्डलीका विश्वविद्यालय विद्यार्थीहरूको स्वयंसेवक समूह ASEZ एउटा उदाहरण बनेको छ । योचाहिँ नीलो कार्बनको मुख्य अवशोषणको स्रोत रहेको समुद्री पारिस्थितिक प्रणालीको बारेमा विश्वलाई सचेत गराउने अभियान हो । जसअन्तर्गत नेपालमा गोकर्णेश्वरको नारायणटार पुल र ललितपुरको यूएन पार्कमा बगमती नदी किनार सरसफाई लगायत संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया स्थित सान्ती नदी, केन्याको नैरोबी नदी, भारतको आन्ध्र प्रदेशको आर्के तट इत्यादि विश्वका ४० वटा ठाउँहरूमा वातावरण सरसफाई सम्पन्न गरेको छ ।

यसको अतिरिक्त, यस मण्डलीका विश्वासीहरूले बाइबलमा अभिलिखित चाड नयाँ करार निस्तार–चाडमा समाविष्ट खीष्टको बलिदान र प्रेमको सम्झना गर्दै निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम रक्तदान अभियान लामो समयदेखि निरन्तर संचालन गर्दै आईरहेको छ । यो वर्ष मात्रै कोरिया, संयुक्त राज्य अमेरिका, पेरु, चिली, अर्जेन्टिना, फिलिपिन्स, मलेसिया, सिंगापुर, कम्बोडिया, भारत र जापान जस्ता देशहरूमा ८० पटक भन्दा बढी रक्तदान कार्यक्रमको सम्पन्न गरेको छ । जूनमा आयोजित कार्यक्रमचाहिँ विश्व रक्तदाता दिवस ९जून १४० को सम्झनासँगै गरिएको हुनाले थप अर्थपूर्ण रहेको बताउनुभयो । नेपालको काठमाडौं, ईटहरी, भरतपुर, टीकापुर, तारकेश्वर र हेटौडामा १,१५७ सहभागीहरूमध्ये ८१० जना अर्थात् ७० प्रतिशतले रक्तदान गरेको मण्डलीले जानकारी गराएको छ ।
सन् २०१५ मा गएको महाभूकम्पको समयमा मण्डलीबाट ७१० वटा क्षेत्रका १५,००० जनाभन्दा बढी सदस्यहरूले मर्मत–सम्भार कार्य तथा पीडितहरूका लागि राहत कार्यहरू गर्दै आईरहेको छ । मण्डलीद्वारा पीडितहरूका लागि आपत्कालीन राहत सामग्री र अनुदान पनि प्रदान गरेको छ । यसबाहेक मण्डलीले यातायातको सुविधा नभएको हिमाली गाउँ सेर्तुङ र तिप्लिङका १,००० घरधुरीलाई हेलिकप्टरबाट १४ पटक ओहोरदोहोर गर्दै खाद्यान्न वितरण गरेको बताउनुभयो । भूकम्पले गर्दा भत्किएको सिन्धुपाल्चोकको श्री प्राथमिक विद्यालय र काभ्रेको श्री भवानी माध्यमिक विद्यालय पुनर्निर्माण जस्ता विभिन्न सहयोगद्वारा मण्डलीले भावी पुस्ताहरूमाझ आशा रोपिदिने कार्य गर्दै आईरहेकोे छ ।

4.jpgIMG-20230720-WA0004.jpgIMG-20230720-WA0003.jpg

सम्बन्धित समाचार