समाज लघुवित्तको बोनस सेयर पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

2.8k Shares

काठमाडौ, १६ साउन । समाज लघुवित्तले साउन ३१ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा डाकेको हो । सभामा हाल कायम २ करोड रुपैयाँ चुक्ता पुँजीमा १४.२५ प्रतिशत रकम बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव सभामा पेस हुनेछ । साथै, बोनस सेयरमा कर तिर्न ०.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेन्डा पनि छ । यस्तै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । 

साधारण सभा जानकी फेमिलि होटल एन्ड पार्टी प्यालेस, मलंगवा सर्लाहीमा बिहान ११ः३० बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि साउन २१ गते बुक क्लोज हुनेछ । तसर्थ, साउन २० गतेसम्म कायम रहने सेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । यद्यपि, साउन १९ गते शुक्रबार र २० गते शनिबार हो । यी दुई दिन सेयर कारोबार हुँदैन । तसर्थ, लाभांश हात पार्न लगानीकर्ताले साउन १८ गते बिहीबारभित्र सेयरधनी बनिसक्नुपर्ने हुन्छ । 

सम्बन्धित समाचार