धुम्रपान हृदयघातको कारक

2.2k Shares

भर्खरैसम्म तन्दुरुस्त देखिएको व्यक्तिको अचानक मृत्यु हुन्छ । के भयो अचानक ? जवाफ आउँछ हार्ट अट्याक ।मुटुको धमानीमा अवरोध पुगेपछि हृदयघात हुन्छ । जसलाई जतिबेला पनि हुनसक्छ हृदयघात । यसको सबैभन्दा बढी जोखिममा मुटु रोगको जोखिम कारण (रिस्क फ्याक्टर) भएका व्यक्तिहरू छन् ।

अस्वस्थ्यकर जीवनशैली र तनाव मुटुरोग लाग्ने कारक हुन्’, खोजतलाससँगको स्वस्थ्यवार्तामा सुमेरु सिटी अस्पतालका मुटु रोग विशेषज्ञ डा. सञ्जिव थापाले भने, ‘करियरको तनाव एवम् व्यवहार मिलाउनु पर्ने तनावले मुटु रोगी बढिरहेका छन् ।

तनाव कम गर्ने वाहानामा मद्यपान तथा धुम्रपान गर्ने बानीले पनि युवा पुस्तामा मुटु रोग देखिन थालेको छ’, डा. थापाले भने, ‘धुम्रपान र मद्यपानबाट मुटुमा सोझै असर गर्छ । मुटु रोगको जोखिम कम गर्न हामी आफ्नो स्वास्थ्यप्रति सर्तक हुनैपर्छ ।

मानिसहरू कुरा गर्दा यसको त मुटु दह्रो रहेछ भनेको सुनिन्छ, मुटु दह्रो हुनु भन्नेसँग मुटु रोगको सम्बन्ध रहन्छ ?

मुटु दह्रो छ भनिएको विषय सामान्यत यो मान्छे डराउँदैन उसमा काम गर्ने आँट छ भन्ने आशयमा भनिएको हो । नडराउने । नआत्तिने । अप्ठ्यारो परिस्थितिलाई सहजै लिइदिने तथा हडवड नगर्ने स्थितिका मानिसलाई संकेत गरेर यो शब्दावली प्रयोग गरिएको हो । मुटु रोगसँग यो भनाईको कुनै सम्बन्ध छैन ।

मुटुको मुख्य काम के हो ?
शरीरका लागि आवश्यक ब्लडलाई पम्प गरी सर्कुलेसन गर्नु नै मुटुको खास काम हो । शरीरका सबै भागमा रक्तसञ्चार हुनु पर्छ । सबैतिरबाट कम अक्सिजन भएका रगतलाई अक्सिजन युक्त बनाउन फोक्सोतर्फ पठाउने कार्य पनि मुटुले नै गरेको हुन्छ । शरीरको दायाँतर्फ आएका कम अक्सिनयुक्त रगतलाई पम्प गरी फोक्सोमा पु¥याउने काम मुटुले गर्छ । अक्सिजनयुक्त ताजा रगत बाँया पट्टीबाट सबैतिर सर्कुलेसन गराउने काम पनि मुटुकै हो । अक्सिजन युक्त ब्लडलाई ठाउँठाउँमा पु¥याउने र फोहोर ब्लडलाई सोरेर मुटुमा ल्याउन पनि मुटु नै क्रियाशील हुन्छ । मुटुमा आएको फोहोर मिर्गौलामार्फत फाल्ने काम पनि मुटुले नै गरिरहेको हुन्छ । आमाको पेटमा आएको २३ दिनको उमेरदेखि मुटु चल्न थाल्छ । यो मानिसको मृत्यु नभइञ्जेलसम्म चलिरहन्छ ।

मुटु रोग लाग्नुका पछाडि के कस्ता कारण हुन सक्छन् ?
मुटु रोगमा सिजनले असर गर्छ । जाडोमा कसै कसैको प्रेसर पनि उच्च हुन सक्छ । उमेर समूह भन्दा पनि खानपिनका कारण मुटुमा समस्या आएको देखिन्छ । अस्वस्थ्यकर जीवनशैली, यताउता नहिँडि कुर्सीमा मात्रै बस्दा मोटोपना बढ्ने, हरियो सागपात नखाने, ममचाउमिन जस्ता फास्ट फुड मात्रै खाने, अफिस तथा घरमा कामको तनावले उच्च रक्तचाप देखिन्छ । पहिला पहिला सामान्यतय उच्चरचाप ४० वर्ष उमेर काटेपछि देखिन्छ भन्थ्ये तर अहिले उच्च रक्तचाप २०२२ वर्ष उमेर देखिनै देखिन थालेको छ । खेल्ने पर्याप्त ठाउँ नहुँदा नखेल्ने । मोबाइलमा धेरै गेम खेल्ने । शरीरिक कसरत नगर्दा तौल बढ्ने । साथी भाईसँग भेटघाट हुँदा मदिरा तथा चुरोट सेवन गर्दा पनि मुटुमा समस्या देखिन्छ । अहिले चिकित्सा शिक्षामा योङ एमआइभन्ने शव्दावली निक्यै प्रयोग हुन थालेको छ । युवा उमेरका मानिसलाई हुने हृदयघातलाई योङ एमआईभनिन्छ । ४० वर्ष भन्दा कम उमेरका मानिसहरू जो हृदयघात भएर अस्पताल आएका हुन्छन् उनीहरूको जोखिम कारक (रिस्क फ्याक्टर) भनेको चुरोट मात्रै हो । उनीहरूमा प्रेसर पनि छैन, सुगर पनि छैन । तर चुरोट खाने बानीले गर्दा सामान्य मानिस भन्दा चार गुणा बढीले हृदयघात हुने खतरा रहन्छ । युवती भन्दा युवामा हृदयघात देखिने खतरा बढी छ । ४० वर्ष उमेर भन्दा बढी उमेरका मानिसहरूमा कोलोस्ट्रोल बढ्दा, मुटुका धमनीमा बोसो जम्दा हृदयघात हुने खतरा हुन्छ । अर्ली एजको डायाबेटिजले मुटुमा असर गर्छ । त्यसैले रहन सहन, खानपिन, तनाव एवं अस्वस्थ्यकर जीवनशैलीले मुटु रोगीहरू बढाइरहेको छ । अहिले चारजना मध्ये एक जनामा उच्च रक्तचापको समस्या छ ।

मानिसको मुटुमा के कस्ता रोग देखा पर्छन् ?
मुटु रोगलाई पनि विभिन्न वर्गमा वर्गीकरण गरिएको छ । जन्मजात नै हुने रोगलाई कन्जिनाइटल हार्ट डिजिजभनिन्छ । कतिपयमा यो जन्मिना साथै थाहा हुन्छ भने कतिको जन्मेको धेरै वर्षपछि मात्रै थाहा हुन्छ । बच्चा जम्मिँदा एक्कासी निलो भएर आयो भने उसलाई मुटु रोग रहेछ भन्ने प्रष्टै भयो । यस्तो रोग देखिए शिशु एक महिनादेखि एक वर्ष भित्र उसको मृत्यु हुनसक्छ । जन्मँदादेखि नै कसै कसैको मुटुमा प्वाल देखिन्छ । यसलाई एएसडी, भीएडी, पीडीए भनिन्छ । आमाले बच्चालाई दूध चुसाउँदा घ्यार घ्यार आवाज आयो भने भीएसडी वा पीडीए चाँडौ थाहा हुन्छ । डक्टर कहाँ गयो, इको ग¥यो, रोग पत्ता लागेपछि निको हुन्छ । एएसडीको लक्षण हुँदैन । कसै कसैको ३०४० वर्षको उमेरमा स्याँ स्याँ बढ्यो भने जाँच गर्दा यो रोगबारे थाहा हुन्छ । कतिपयको उमेर छिप्पिएपछि मात्रै मुटुमा प्वाल रहेको थाहा हुन्छ । अर्र्को एक्वायर्ड । उमेर बढ्दै गएदेखि हृदयघात, उच्च रक्तचापका कारण मुटु रोग देखिनुलाई एक्वायर्ड हार्ट डिजिज भनिन्छ । हाम्रो जस्तो अल्प विकसित देशहरूमा मुटुको बाथ रिम्याटिक हार्ट डिजिजपनि देखिन्छ । घाँटीमा इन्फेक्सन ९टंसिल० देखिँदा समयमै उपचार भएन भने त्यसले मुटुको भल्बमा असर गर्छ । यो सामान्यतय ५ देखि १५ वर्षको उमेरमा हुन्छ । व्याक्टेरियल इन्फेक्सनसहितको टंसिल भए त्यसले मुटुमा असर गर्छ । विदेशमा वा विकसित देशमा यो रोग खासै देखिँदैन । हामी कहाँ यो प्रशस्तै देखिन्छ । २०३० वर्षका युवा पीढिमै यो रोग देखिएको छ । शल्यक्रियामार्फत भल्ब फेर्नु पर्र्ने बिरामी धेरै छन् हामी कहाँ ।
 

मुटु रोगमा मौसमले असर गर्छ ?
मुटु रोगलाई मौसमले पनि फरक पार्छ । जाडोयाममा मुटु रोग भएका बिरामीलाई हृदयघात हुने बढी खतरा हुन्छ । मुटुको बाथको रोग भएको मानिसलाई चिसो याममा संक्रमण देखा पर्दा च्याप्ने हुन्छ । औषधि खाइरहे पनि चिसो याममा मुटु रोग भएका बिरामी समस्यामा पर्छन् । बिरामीलाई गाह्रो हुनका पछाडि दुईवटा कुरा हुनैपर्छ । पहिलो उसले खाइरहेको औषधि छाड्नु, दोस्रो कुनै इन्फेक्सन वा मुटुको चाल गडबढ हुनु । जाडो याममा छातिमा संक्रमण फैलन सक्ने खतरा धेरै हुन्छ । छातिमा संक्रमण भएपछि बिरामीलाई गाह्रो हुने, स्याँस्याँ हुँदा अपस्तालभर्ना गर्नुपर्ने अवस्था आउँछ । जाडोमा मुटु रोगका धेरै बिरामी अस्पताल भर्ना भएका हुन्छन् ।
मुटुको एन्जिओप्लास्टी भनेको के हो ?
मुटुका धमनी साँगुरो हुँदा खोल्न गरिने प्रक्रिया नै एन्जिओप्लास्टी हो । मुटुका मुख्य नशाहरू बायाँपट्टि २ वटा दायाँपट्टि एउटा हुन्छन् । यी मुख्य नशामा ७० प्रतिशत भन्दा बढी साँगुरो भयो भने छाति दुख्न थाल्छ। अकस्मात हृदयघात भयो,मुटुको धमनी सत प्रतिशत ब्लक भयो भने त्यो नशामा स्टेन्ट लगेर खोलिने प्रक्रिया नै एन्जिओप्लास्टी हो ।

सडेन कार्डियाक अरेष्ट भनेको कस्तो अवस्था हो ?
कुनै पनि व्यक्तिलाई केही पनि रोग थिएन । अघिसम्म हिँड्दै थियो, अहिले बितेछ भनेको सुनिन्छ । भर्खर मसँग गफ गरेको थियो, बोल्दा बोल्दै भ्याट्टै वितेछ वा राति सुतेको मानिस सुस्दा सुस्दै गएछ भन्ने अवस्था नै सडेन कार्डियाक अरेष्ट हो । कुनै पनि रोग पहिला थिएन, सुरु भएको १ घण्टा भित्र मृत्यु भयो भने त्यसलाई सडेन कार्डियाक अरेष्ट भनिन्छ । लक्षण नदेखिकनै मुटु बन्द भएपछि हुने हृदयघातलाई सडेन कार्डियाक डेथ भनिन्छ । अहिले त्यस्ता केशहरू धेरै देखिन थालेको छ । ठूलो हृदयघात हुँदा त्यस्तो अवस्था बन्छ । हृदयघात भएपछि सबै बिरामी अस्पताल पुग्छन भन्ने छैन । छाति दुखेपछिएैय एैय भन्दा भन्दै मृत्यु हुने घटना धेरै भइरहेको छन् ।

मुटु प्रत्यारोपण सम्भव छ ?

मुटु प्रत्यारोपण पनि गर्न सकिन्छ तर, हाम्रो देशमा यो सुविधा छैन । भारतसहित विकसित देशहरूमा मुटु प्रत्यारोपण शल्यक्रिया सुरु भइसकेको छ । जन्मजात मुटु रोगी जसको शल्यक्रिया गर्दा वा उपचार गर्दा पनि ठिक नहुने अवस्था छ भने त्यस्ता बिरामीको मुटु प्रत्यारोपण गर्नुपर्र्ने हुन्छ । डाइलेडेट कार्डियोमायोपेथीलाई अन्तिम अवस्थामा मुटु प्रत्यारोपण गर्न सकिन्छ । जिउँदो मान्छेले मिर्गौला दिन्छ एउटा मिर्गौला दिँदा पनि अर्कोले मज्जाले काम गर्छ । मष्तिस्क मृत्यु भएको व्यक्ति जसले अंग दान गर्ने घोषणा गरेको छ भने उसको मुटु निकालेर प्रत्यारोपण गर्न सकिन्छ ।

सुमेरु सिटीमा के कस्तो सेवा उपलव्ध छ ?

सुमेरु सिटीमा इको, इसिजी, एबीपी, होल्टर, टीएमटी सबै उपचार पद्धति उपलव्ध छन् । प्रेसर धेरै हाई भयो, हार्ट फेलियर भयो भने भर्ना गरेर उपचार गर्न सक्ने अवस्था हामी कहाँ छ । एन्जिओप्लास्टीका लागि क्याथ ल्याब नहुँदा त्यो सुविधा छैन ।
 

स्वस्थ्य मानिसको मुटुले कति रगत प्रवाह गर्छ ?

सामान्यतय एउटा स्वस्थ्य मानिसकको शरीरले औषतमा एक मिनेटमा ५ लिटर रगत रक्तसञ्चार गर्छ भनिन्छ । तर पनि मुटुको धड्कन, उच्च रक्तचाप जस्ता कुराहरूले पनि रक्त सञ्चारको मात्रामा फरक पर्न सक्छ । तौल अनुसार पनि फरक पर्छ ।

मुटुु ठिक छछैन कसरी थाहा पाउने ?

मुटुरोग छ कि छैन, अर्को मुटु रोग हुनका लागि जोखिम कारक (रिस्क फ्याक्टर) के के छन् भन्ने कुरा थाहा पाउनु प¥यो । अस्वस्थ्कर जीवन शैली, मोटापना भएपछि जोखिम कारक (रिस्क फ्याक्टर) भइहाल्यो । सुगर छ कि छैन हेर्नु प¥यो, कोलोस्ट्रोल छ कि छैन हेर्नु प¥यो । मिर्गौलाको अवस्था कस्तो छ त्यो हेर्नु प¥यो । इसिजी, इको गरेपछि पनि मुटु स्वस्थ्य छ छैन भन्ने कुरा थाहा पाउन सकिन्छ । धुम्रपान गरिन्छ कि गरिँदैन, मदिरा सेवन कति गरिन्छ परिवारमा मुटुको रोग छ कि छैन यसले पनि मुटु रोगको अवस्था थाहा पाउन सकिन्छ । मुटु रोग वंशाणुगत पनि हुन्छ । बाबु आमालाई हृदयघात भएको थियो कि थिएन, परिवारका सदस्यमा कोलोस्ट्रोल हाई हुने रोगहरू थिए कि थिएनन् यी सबै कुराहरू हेर्नु पर्छ । यस्ता पक्ष थाहा पाएपछि मुटु रोगको रिस्क फ्याक्टर पत्ता लगाउन सकिन्छ । एक दम मोटो छ भने खानपिन नियन्त्रण गर्ने, दिनमा कम्तिमा आधा घन्टा हिँड्ने, उच्चरक्तचाप नियन्त्रण गर्न औषधि सेवन गर्ने, शरीरमा बोसोको मात्रा बढी छ भने त्यसलाई नियन्त्रण गर्नु पर्छ । सुगर नियन्त्रण गर्ने, जीवनशैली परिवर्तन गर्ने, खानपिनमा ध्यान दिए मात्रै पनि मुटुलाई बचाउन सकिन्छ । साकाहारी खानतर्फ जाने, रातो मासु बार्ने, बोसोयुक्त खानेकुरा नखाने, चिल्लो कुरा कम गर्दा पनि मुटुलाई बचाउन सकिन्छ ।

मुटु रोग खर्चिलो रोग हो ?

संसारमै मुटु रोगलाई खर्चिलो रोगका रूपमा लिइन्छ । हाम्रो देशमा सरकारले मुटु रोगीलाई सहयोग गरिरहेको छ । सरकारले मुटुको भल्भ सर्जरी निःशुल्क गरेको छ । यस्तै मुटुका बिरामीलाई एक पटकका लागि एक लाख रुपैयाँसम्म निःशुल्क उपचार सेवा उपलब्ध गराइरहेको छ । मानिसहरू ५१० रुपैयाँको प्रेसरको औषधि नखाएर मुटु रोग निम्त्याइरहेका छन् । औषधि खान्न तर अन्य खानेकुरा बार्छु भनेर मात्रै हुँदैन । प्रेसरको औषधि खानै पर्छ । नखाँदा त्यसले मिर्गौलामा असर गर्छ । मिर्गौला रोग लाग्यो भने महिनामा १५२० हजार त खर्च गर्नु पर्छ । दिनमा ५ रुपैयाँको औषधि खाँदा हुनेमा त्यो नगरी महँगो उपचार गर्नुपर्नु रोग लाग्ने हुँदा यसलाई खर्चिलो मानिएको हो । उच्च रक्तचाप नियन्त्रण गरेन भने त्यसले हृदयघातको खतरा बढाउँछ । रक्तचाप नियन्त्रण नगर्दा त्यसले अन्य रोग निम्तन्छ । यो अवस्था हामीले बुझाउन नसकेर आइरहेको छ । मानिसहरूमा कस्तो सोच छ भने औषधि खान सुरु ग¥यो भने जिन्दगीभर खाइरहनु पर्छ, त्यसैले हत्तपत्त खाइ हाल्नु हुँदैन भन्ने सोचले असर गरेको छ । घर परिवारले पनि औषधि नखाननै जोड दिइरहेको हुन्छ । कति बेला औषधि खाने, कति बेला मुख बार्ने भन्ने कुरा नबुझेर पनि समस्या आइरहेको छ । रक्तचाप १४० वाई ९० भयो, अहिलेत १३० वाई ८०९० रक्तचाप हुँदा रिस्क फ्याक्टर नहुँदा ठिक मानिन्छ । त्यो भन्दा माथि भए औषधि सुरु गर्नुपर्छ । नुन बार्दा त्यसले ५ देखि ७ मात्रै रक्तचाप नियन्त्रण गर्छ । मोटोपना १० केजी घटाइयो भने १०२० एमएम एचजी रक्तचाप घटाउन सकिन्छ ।

विद्यालय शिक्षादेखि डीएमसम्मको अध्ययन कस्तो रह्यो ?

पाटन पुल्चोकमा जन्मेको मेरो विद्यालय शिक्षा वीरेन्द्र सैनिक विद्यालय भक्तपुरबाट सकिएको हो । २०५२ सालमा एसएलसी पास गरेको मैले आइएससी पनि आर्मी स्कुलबाट सकेको हुँ । आइएससी सकाएपछि ५ वर्ष बंगलादेशको चिटगाउँमा एमबीबीएस पढ्न गए । फर्केर आएपछि २ वर्ष बीएण्डबी अस्पतालमा काम गरेँ । वीपी कोइराला इन्स्टिच्यूट धरानमा छात्रवृत्तिमा इन्टरनल मेडिसिनमा एमडी गरेँ । धरानबाट फर्केपछि केही सयम मैले पाटन अस्पतालमा काम गरें । त्यसपछि टिचिङ अस्पतालको मनमोहन मुटु अस्पतालमा काम गरे । त्यहाँ गएको २ वर्षपछि डीएम कार्डियोलोजीगरेको हुँ । सन् २०१७ मा डीएम सकेपछि मैले त्यहीँ नै काम गरिरहेको छु । सुमेरु मेरो पार्ट टाइम हो । इन्टरनल मेडिसिनमा एमडी गरेदेखि नै मैले सुमेरु सिटीमा पार्ट टाइममा काम थालेको हुँ । मेरो घर सुमेरु सिटी अस्पताल नजिकै भएकाले सुमेरु सिटीमा काम गर्न सहजै भयो । पहिले धापाखेलमा पनि काम गथ्र्यें । डीएम पढ्दा प्राइभेट प्राक्टिस गर्न नपाइने भएकाले छाडेको थिए डीएम सकाएपछि सुमेरु सिटीमा काम गरिरहेको छु ।

चिकित्सक बन्छु भन्ने थियो ?

म चिकित्सक बन्छु भन्ने सोच थिएन । आर्मी स्कुल पढेकोले आर्मी बन्छु भन्ने लागेको थियो ।स्कुलमा म राम्रो विद्यार्थी होइन । नपढ्ने, अल्छी भएकाले परिवारले पनि होस्टेल राख्नु पर्छ भनेर नै मलाई कक्षा ६ देखि होस्टलमा राखिएको हो । होस्टेलमा बसेपछि डिसिप्लिन भनेको यस्तो हुँदो रहेछ, यसरी पढ्नु पर्छ भन्ने जानकारी भयो । म त्यही लयमा जान थाल्येँ । अरु साथीहरूले पढेको देखेर मैले पनि त्यसै अनुरुप पढ्न थाले । पढ्दा त आउँने रहेछ भन्ने भयो । ६ कक्षमा पहिलो त्रैमासिक र दोस्रो त्रैमासिकमा १४ प्रतिशत अंकले फरक प¥यो । यस्तो नतिजा आएपछि हाम्रो प्रिन्सिपल हेमन्त शम्शेर राणाले बोलाएर आइसक्रिम दिनुभयो । आइसक्रिम किन दिनुभएको भनेर सोध्दा तिमीहरूले यत्ति राम्रो ग¥र्यौ खुसीले दिएको भन्नुभयो । पढेपछि सबैले माया गर्दा रहेछन्, पढ्न पनि सकिँदो रहेछ भन्ने मनमा लाग्यो । त्यसपछि मैले पढ्न थाले । म क्लासमा टप फाइभ भित्रै पर्न थाल्येँ । सरहरूसहित सबैले मलाई एसएलसीको बोर्डमा आउँछ भनेर पुस गर्न थाल्नु भयो । एसएलसीमा राम्रो पनि गरेँ । पहिलो पास पनि हुन्छ कि हुँदैन भन्ने जस्तो विद्यार्थी एसएलसीमा डिस्टिङसन ल्याएपछि डाक्टर बनेर सेवा गर्दा राम्रो हुन्छ भन्ने घर सल्लाह भयो । साइन्स लिएर पढें । परिवारको एक्लो छोरा भएकाले पनि म विदेश जान सकिन । परिवारको जेठो सदस्य तथा आफू मुनि दुईजना बहिनी भएकाले बुवा ममीलाई हेर्नु पर्ने मेरो दायित्व रह्यो । त्यसैले म नेपाल नै बसेको हुँ । मेरा साथीहरू विदेशमै छन् । मैले सिकेको सिप बाबु आमालाई प्रयोग गर्न पाएकोमा अहिले मलाई खुसी पनि लागेको छ । विदेशमा रहेको भए मेरा बाबु आमा बिरामी हुँदा ए साथी मेरो बाबुआमालाई हेरिदेउ न भनेर टेलिफोन गर्नुपर्ने अवस्था हुन्थ्यो,मेरो त्यो अवस्था भएन । आफ्नै देशमा सेवा गर्न पाउँदासन्तुष्टि प्राप्त हुन्छ । मेरी आमा गृहणी नै हो । बुबा निर्माण व्यवसायमा सम्लग्न हुनुहुन्छ । बुबा प्राय काठमाडौं बाहिर हुनुहुन्थ्यो, म होस्टेलमा हुँदा दुईतीन महिनामा मात्रै हाम्रो भेट हुन्थ्यो । बुबालाई प्रेसर सुगर छ । आमा मुटुको रोगी ।उहाँ लकडाउन अघि बित्नु भयो । आमालाई मुटु रोग भएकाले पनि मलाई मुटु रोगप्रति चासो भएको हो । मेरी श्रीमती कानुनमा स्नातक अन्तिम नतिजाको पर्खाइएमा छिन् । बच्चा बच्ची भएकाले उनको पढाइ केही वर्ष रोकियो । केटाकेटी सानै छन् । छोरी ६ कक्षामा छोरा ३ कक्षामा पढ्दै छन् ।

 

 

 

सम्बन्धित समाचार