प्रशिक्षकमा खारिएका दिल

‘हामी खेल्ने बेला धेरै गाह्रो थियो । अभिभावकले आफ्ना छोराछोरीलाई खेल्न पठाउँदैनथे’, तेक्वान्दोका राष्ट्रिय रेफ्री दिल महर्जन आफ्नो खेल जीवन स्मरण गर्दै भन्छन्, ‘अहिले समय धेरै परिवर्तन भइसकेको छ । अहिले अभिभावक स्वयम् मेरो छोरा–छोरीलाई खेलाइदिनु प¥यो भन्दै आउनु हुन्छ । खेलप्रति अभिभावकको हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन आइसकेको छ ।’
उ बेला सबै ठाउँमा तेक्वान्दो खेल्न पाइदैनथ्यो’ बज्रबाराही तेक्वान्दो डोजाङका प्रशिक्षक तथा गोदावरी इन्टरनेशनल फिटनेशको मुख्य प्रशिक्षक दिलले भने, ‘चापागाउँबाट तेक्वान्दो सिक्न रंगशाला आउनुपथ्र्यो । त्यति बेला चापागाउँबाट सर्वसुलभ ढंगबाट बसको सुविधा थिएन । कलेज टिप लिएर बस ५ बजे त्यहाँबाट हिँडीसक्थ्यो । रंगशालामा साढे ८ बजेसम्म तालिम गरी स्कुल जान फर्कनुपथ्र्यो । किसान परिवार भएपनि मलाई खेल्न मेरा अभिभावकले खर्च दिनुहुन्थ्यो ।’
६–७ कक्षा पढ्दादेखि नै मैले तेक्वान्दो खेलसँग सामित्यता जनाइसकेको थिएँ’, उनले भने, ‘ग्रिन बेल्ट लिएपछि पाटन तेक्वान्दो डोजाङमा प्रशिक्षणका लागि आए । रंगशाला जानुपर्ने वाध्यता हट्यो । पाटनमा सिक्न पाउँदा बाटो आधा नै छोटो भए झैं लाग्यो । सजिलो पनि भयो । त्यहाँ ईश्वरमान बज्राचार्यले प्रशिक्षण दिनुहुन्थ्यो । अहिले उहाँ पाटन स्कुलको प्रिसिन्पल हुनुहुन्छ ।’

स्कुलमा छँदा पनि फुटबल, भलिबल जस्ता खेलमा अग्रपंक्तिमा रहेरै खेलेको थिए उनले स्कुले जीवनको बारेमा थप जानकारी दिँदै भने ।
२ वर्षदेखि उनी चापागाउँस्थित सांग्रीला अर्फानेज होमका विद्यार्थीलाई तेक्वान्दो सिकाइरहेका छन् । उनको प्रशिक्षणमा होमका ४३ जना विद्यार्थीले तेक्वान्दो सिकी रहेका छन् ।
२०५७ सालमा स्थापना भएको बज्रबाराही तेक्वान्दो डोजाङमा उनले अहिले ३० जना खेलाडीलाई प्रशिक्षण पनि दिलले दिइरहेका छन् । डोजाङका प्रशिक्षक उनी गोदावरी इन्टरनेशनल फिटनेशको मुख्य प्रशिक्षक पनि हुन् ।
शुभ जन्मोत्सव कप, वीरेन्द्र शील्ड, कलर दि ग्रेट च्याम्पियन्सीप जस्ता प्रतियोगिता हुन्थ्ये त्यति बेला उनले तेक्वान्दो खेलसँग आफ्नो संलग्नताबारे जानकारी दिँदै भने, ‘मैलै सन् २०१९ मा जापानमा ४०–५० वर्ष उमेर समूहको पुम्से प्रतियोगितामा काँस्य पदक जितेको हु । यो पदक नै मैले अन्तर्राष्ट्रियस्तरमा जितेको पदक हो ।
यसअघि सन् १०१८ मा जापानमा भएको वाता च्याम्पियन्सीपमा म प्रशिक्षको भूमिकामा सहभागी भएको थिए । उनले खेल जीवनबारे थप जानकारी दिँदै भने, ‘उक्त च्याम्पियन्सीपमा गोदावरी इन्टरनेशनल फिटनेशका ३ जना खेलाडी लिएरको गएको थिएँ । तीनैजना खेलाडीले स्वर्ण पदक जित्न सफल भए । प्रशिक्षकको रुपमा मैले पाएको यो ठूलो उपलव्धी र सफलता हो ।’

न्यू पुम्सेको २ साताको तालिमका लागि विसं २०७४ सालमा कोरियाको मुजु सहर गएका उनी तालिमका सिलसिलामा मलेसिया, सिंगापुर, भारतमा समेत पुगिसकेका छन् ।
दिलले सन् २०१९ मा दक्षिण कोरियामा पार्टनरसिप तेक्वान्दो कार्यक्रममार्फत् १५ दिनको तालिम प्राप्त गरेको छन् ।
‘खेल क्षेत्रमा लागेकोमा उनललाई रत्ति भर पनि पछुतो छैन उनले सगौरव भने, ‘खेलकुदमा लागेर नै मलाई सबैले चिन्ने भएका हुन् । खेलमा नलागेको भए व्यवसाय गरिन्थ्यो होला ।’

ललितपुर जिल्ला तेक्वान्दो कार्यसमितिको उपाध्यक्ष उनी २०५९ देखि राष्ट्रिय रेफ्रीको भूमिकामा क्रियाशील छन् । छैठौं डान ब्ल्याक बेल्ट दिल बागमति प्रदेश रेफ्री समितिको संयोजक हुन् । तेक्वान्दो संघले सातै प्रदेशमा संयोजक तोकेको छ ।
रेफ्री भन्दा खेलाडी हुन सजिलो हुने दिल बताउँछन् । भन्छन्, ‘रेफ्रीको भूमिका संवेदनशील भएकाले जिम्मेवारीपूर्वक निर्वाह गर्नु पर्छ । आफूले गरेका निर्णय गलत भए कारवाहीको खतरा पनि रहन्छ ।’
जनस्तरदेखि नै सबैले खेल क्षेत्रतर्फ ध्यान दिनुपर्छ उनले भने, ‘बिरामीका लागि ठूला–ठूला अस्पताल बनाइरहेको सरकारले अस्पताल निर्माण जत्तिकै प्राथमिकतामा गाउँ–टोलस्तरमा खेल पूर्वाधार निर्माण गर्नेतर्फ पनि ध्यान दिन सक्नु पर्छ । टोल स्तरमा खेलका पूर्वाधार तयार भए स्वास्थ्य नागरिक उत्पादन हुन्छन् ।’

वडा कार्यालयहरूले खेल पूर्वाधारका लागि बजेट विनियोजन गर्न थालेकोमा उनी खुसी छन् । भन्छन, ‘विनियोजित बजेटको पूर्ण कार्यान्वयन हुनसक्यो भने स्वास्थ्य नागरिक उत्पादन गर्न केही कठिन हुँदैन । राज्यले शिक्षा, स्वास्थ्य र खेलकुदलाई अनिवार्य जस्तै बनाएर लैजानु पर्छ । स्वास्थ्य मानिस नै पढ्न, खेल्न वा जे पनि गर्न सक्छ ।’


तपाइको प्रतिक्रिया दिनुहोस्