चीनमा भयंकर बाढी, ७० गोही सहर पसे पछि स्थानिय आतंक

3.8k Shares

बेइजिङ, २७ भदौं । भारी वर्षाले चीनको दक्षिणी क्षेत्रमा बाढीले तहस नहस भएको छ । 

हाइकुई आँधीका कारण १ हजार ३६० जना बाढीमा फसेका छन् । जहाँ २४ घण्टामा ७ जनाभन्दा बढीको मृत्यु भएको छ । 

उता, चिनियाँ प्रान्त ग्वाङ्डोङको माओमिङ सहरको एउटा फार्मबाट ७० वटा गोही निस्किएको खबरले पूरै सहरमा हलचल मच्चाएको छ । 

वास्तवमा भारी वर्षापछि आएको बाढी जस्तो अवस्थाका कारण गोही खेतबाट बाहिर निस्किएका हुन । जसले सो आसपासको शहर पुरै आतंकित बनेको चिनियाँ मिडियाले जानकारी दिएका छन ।

सम्बन्धित समाचार