५० तेक्वान्दो खेलाडीलाई महर्जनद्वारा पोशाक वितरण

2.4k Shares

काठमाडौं । तेक्वान्दो खेलको विकास र खेलस्तर उकास्न र खेलाडीको मनोबल बढाउन तेक्वान्दो संघका उपाध्यक्ष भरत महर्जनले सहयोग गर्दै आइरहनुभएको छ ।
सोही क्रममा उपाध्यक्ष महर्जनले कागेश्वरी तेक्वान्दो डोजाङका खेलाडीहरुलाई शनिबार झण्डै पचास हजार रुपैयाँ बराबरको दोबोक (तेक्वान्दो खेल पोशाक) वितरण गर्दै आइरहनुभएको छ । 
नेपाल तेक्वान्दो संघका उपाध्यक्ष तथा सुमेरु ग्रुपका अध्यक्ष समेत रहनुभएका भरत महर्जनले करिब ५० खेलाडी र १ प्रशिक्षकलाई तेक्वान्दो खेल पोशाक एक कार्यक्रमको आयोजना गरी वितरण गर्नुभएको थियो । 
गागलफेदीको राम जानकी मन्दिरमा भएको कार्यक्रममा उपाध्यक्ष महर्जनजस्तो मनकारी र सहयोगीहरुको सहयोग र साथकै कारण नेपालमा तेक्वान्दो खेल एक नम्बरको खेल भएको र अन्तर्राष्ट्रियस्तरमा पदक हासिल गर्न सक्ने खेलको रुपमा परिचित भएको काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्काले जनाएका छन् । एक महिनाअघि मात्र सञ्चालनमा आएको डोजाङमा प्रकाश श्रेष्ठले खेलाडीलाई प्रशिक्षण दिँदै आइरहेका छन् ।
 

सम्बन्धित समाचार