युनाइटेडविरुद्ध बायर्नको ४-३ को रोमाञ्चक जित

2.7k Shares

काठमाडौं । यूईएफए च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्न म्युनिखले म्यानचेस्टर सिटीविरुद्ध ४-३ को रोमाञ्चक जित निकालेको छ । 

बुधबार एलिएन्ज रंगशालामा सम्पन्न खेलको २८औं मिनेटमा लोरे सानेले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । त्यसको चार मिनेटपछि सर्जी गिन्याब्रीले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । 

युनाइटेडका रास्मस होउन्डले ४९ औं मिनेटमा गोल गर्दै पाहुना टिमलाई २-१ को अवस्थामा ल्याएका थिए । ५४औं मिनेटमा ह्यारी केनकाे गोलमा बायर्नले अग्रतालाई ३-१ मा पुर्यायो । 

खेलको निर्धारित समय सकिन दुई मिनेट बाँकी रहँदा कासिमिरोले गोल गर्दै युनाइटेडको खेलमा फर्किने आस कायम राखेका थिए । तर, इन्जुरी समयमा माथेयस टेलले गोल गर्दै बायर्नको अग्रतालाई ४-२ मा पुर्याएका थिए । इन्जुरी समयमा नै कासेमेरोले युनाइटेडका लागि तेस्रो गोल गरे पनि हार भने टार्न सकेनन् । 

जितसँगै तीन अंक जोडेको बायर्न तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समूह चरणको पहिलो खेलमै पराजित युनाइटेड तालिकाको पुछारमा छ । 

सम्बन्धित समाचार