पानीको प्यासालाई पानीभन्दा मह“गो भनेर काजु दिएर हुन्छ र ?

म जन्मेको गाउँ काठमाडांैको संड्ला हो, जुन अहीले सहर भइसकेको छ । त्यस बेला हामी पढ्नका लागी सामाखुसीमा बस्दथ्यौ । गाउँमा खेती पाती धेरै भएका कारण धेरैको जीबन कृषिमै वित्दथ्यो ।
त्यस बखत असन इन्द्रचोकलाई शहर भनिन्थ्यो । गाउँबाट नाताका ठुलो मुमा, सानु मुमा, हजुर मुमाहरु शहर आउँदा सामान्यतया मेरो मुमालाई भेट्न हाम्रो घरमा छिर्दथे । मेरो मुमाले गाउँबाट आएका मुमाहरुलाई लिएर सशहर गइदिनु हुन्थ्यो । कहीले काहीँ उहाँहरुलाई न्युरोडतिर पनि घुमाउन लैजानु हुन्थ्यो ।
न्युरोडमा क्यामेरा र इलोक्ट्रोनीक्सहरुका पसल हुन्थे तर गाउँबाट आएका मुमाहरुलाई देशी मल (खेतमा हाल्ने मल) वा जाइफल (जडीबुटी) मीश्री, जस्ता कुरा चाहिएको हुन्थ्यो । अझ संकटा महाकाल पनि जानुपर्ने हुन्थ्यो । उहाँहरुलाई ती क्यामेरा, घड़ी र अरु आइटममा बिल्कुलै सौख हुन्थेन । जब उहाँहरु न्युरोड तीरबाट फर्किएर फेरि असन तिर मलको वा जाइफलको पसल र संकटा मन्दिर देख्नुहुन्थ्यो, उहाँहरुको मुहार प्रफुल्ल हुन्थ्यो । उहाँहरुले खोजेको त्यो थियो ।
मानिसले खोजेको अलग—अलग चीज हुन्छ । त्यसैले नार्कोनमा सिकाइन्छ, कार्यक्रम लागु गर्नुअघि सर्भे गर । कुनै पनि काम र कार्यक्रम लागु गर्नुअघि तत्थ्यांड्क संकलन गर । सही मानिसलाई सही कार्यक्रम देउ ।
म स्वीटजरलैण्ड पढाउन गै रहन्छु । त्याहाँको सरकारको एउटा गज्जबको प्रचलन रहेछ जनताको मत लिइ रहने । सरकार वा स्थानीय सरकारले जनताको हकमा केही निर्णय लिनु परे सर्भे भै हाल्दो रहेछ । लौ त भनौ भने हुन्छ वा हुन्न भन्ने बुझ्न भोट नै हाली चुनाबनै गर्ने काम हँुदो रहेछ । म स्वीटजरलैण्डको ‘बासल’ भन्ने सहरमा हुँदा त्यहाँको सरकारले १८ बर्षदेखि २० बर्षका युबाहरुलाई पढ़ाइको उमेर रहेको तर जागिरे हँुदा पढाइमा समय दिन नभ्याउने भएकोले पकेट खर्चका लागी महिनाको तीन हजÞार स्वीडीस क्रोनर भत्ता दिन निर्णय गरी यो गर्न हुन्छ की हँदैन ? भनी जनताको मत बुझ्न भोटिङ्ग गराउँदै रहेछ । भोट भयो र दिन हुँदैन भन्ने बहुमतले जिते । दिन हँुदैन भन्नेहरुमा सबैभन्दा धेरै १८ देखि २० बर्षका नै युबाहरु भएछन् । उनीहरुको तर्क रहेछ यसबाट हामी परजीबी र अल्छी हुन्छौं । काम नगरी पैसा लिने बानी गर्नु हँुदैन ।
एक सरकारसँग होस् वा एक प्रहरी प्रमुखसँग, फरक—फरक समुहको फरक—फरक अपेक्षा राखेका हुन्छन् । फरक—फरक आवश्यकता हुन्छन् । ती फरक—फरक अपेक्षाहरु एकदम साधारण हुन् पनि सक्छन् तर ती तब मात्र बुझिन्छन् जब सर्भे गरिन्छ ।
मैले पुर्ब प्रहरी संगठनमा पदाधिकारी भएपछि थाहा पाएँं की पूर्बप्रहरीहरुको पदै पिच्छे फरक—फरक अपेक्षाहरु छन् ।
सर्बोच्च दर्जाहरुलाई सरकारको नियुक्ती वा आफ्नो कदर चाहिएको छ । रकÞम हुनेलाई ब्यापार व्यवसाय चाहिएको छ । बीचका अफिसरहरुलाई ब्यस्त हुन र सजिलो घर चलाउन कुनै जागिर चाहिएको छ र तल्ला तहका गरीब प्रहरीहरुलाई हात मुख जोड्ने आर्थिक उपार्जनका उपाए र निःशुल्क स्वास्थ शिक्षा चाहिएको छ । तर कल्याण कोषलाई यो कुरा कहिले थाहा भएन किनकी त्यो शाखाले कहिले यो एङ्गलबाट सर्भे गरेन । सबै भूपूलाइ एउटै ठान्यो र आफूले खर्च गरिरहेको दलील र तत्थ्यांक दिई रह्यो जुन तत्थ्यांक केबल कागजका लागी मात्र ठिक थियो । पूर्ब प्रहरीले भनेका र चाहेका ठाउँमा त्यो खर्च थिएन । त्यसबापत कहिले पूर्बप्रहरीले धन्यबाद पनि भनेन किनकी त्यो कुनै संरक्षकको सौख वा उनको मनको लगानी थियो । सर्भेबाट आएको विषयमा लगानी थिएन ।
एउटा सानो उदाहरण राख्छु । म अबकास भएको आज १३ बर्ष भयो तर १३ बर्षमा म प्रहरी अस्पतालमा जाँच गर्न गएको छैन । बिरामी हुँदा पनि अरु अस्पताल गइरहेको छु । त्यहाँ कति ठूलाठूला उपकरणहरु कल्याणकोषबाट आए वा छ ? मेरा लागी त्यति अर्थ छैन । प्रहरी अस्पतालमा ठूलाठूला भबन बनेका छन् तर साना प्रहरीहरुलाई भबन होइन ४ सयको औषधी चाहिएको छ । मलाई सोधिएको भए ठुला भबनभन्दा पहिला बाहिरबाट आउने प्रहरीहरुलाई अस्पताल हाता भित्रै साना—साना कोठाको गेस्ट हाउस बनाइ उपचारमा सजिलो बनाइदिन अनुरोध गर्ने थिए । तिनलाई सुन्धाराको लजमा बसेर संधै अस्पताल आउन कठीन छ । ठुलाका त आफ्नै घर र गाड़ी छँंदैछ ।
पूर्ब प्रहरी महानिरीक्षक हेम बहादुर सिंह सा’ब बीरामी हुँदा हेम्स अस्पताल जानु भयो । बराल सा’ब ग्रैण्डी अस्पतालमा भर्ना हुनु भयो । यसको मतलब हो आफ्नै अस्पताल हुँदा पनि सबै दर्जाका प्रहरी त्यहाँ आंउछन् भन्ने रहेनछ ।
प्रहरीमा उच्च तहमा बस्नेहरुले पनी बुझ्नुपर्दछ कि कसले के चाहेका छन् ? आफु काहाँ जान चाहान्छन् ? ५ वटा ठाउँ लेख भनेर अफिसरहरुलाई सोध्न पनि सकिन्छ । जनतालाई मबाट तपाइहरु के चाहिरहनु भएको छ ? भनेर सोध्न पनि सकिन्छ । कल्याण शाखाले पूर्ब प्रहरी संगठनहरुलाई वा गाउँका प्रहरीहरुलाई के चाहि रहनुभएको छ भनेर पनि सोध्न सक्तछ । तर नेपालमा सर्भे होइन जो पदमा पुगे तिनले मेरो सोच नै सबैको सोच हो र मैले गरेको निर्णय नै ठीक हो भनी सोच्दछन् र आफ्ना निर्णय लाद्न थाल्दछन् । यसैले हो की ती हाकिम जाने बित्तिकै तिनले धन्यबाद पाउँदैनन् किनकी उनका निर्णयहरु अरुले आत्मसात् गरेकै हुँदैनन् । ती हाकीम सा’बहरु मैले यो गरे र त्यो गरे भनेर अबकास पछि पनि दुइ चार जनालाई भेट्दा सुनाइ रहेको हुनुहुन्छ । तर पूर्ब प्रहरी संगठनहरुले उहाँहरुलाई धन्यबाद पनि दिँदैन र उहाँहरुले गरेका कामको रेकर्ड पनि संगठनमा हँुदैन ।
मेरो मुमाले न्युरोडका क्यामेरा र इलोक्ट्रोनिक्स सामान देखाएर के गर्नु सानीमा ठुलो मुमा र हजुरमुमाहरुलाई त जाइफल चाहिएको थियो । कुरो सानो छ तर अर्थ गहिरो छ । पानीको प्यासालाई पानीभन्दा महंगो भन्दै काजु दिएर हुन्छ र ?


तपाइको प्रतिक्रिया दिनुहोस्