सिराहाको लहानमा लुटेरा समूहले एक व्यवसायीको पसलबाट सुनचाँदी लुटेको छ । सोमबार बेलुका स्थानीय व्यवसायी राजेश सारडाको सुन पसल लुटपाट भएको हो ।
सुनचाँदी लुटेर बा१०च ९३०२ नं को गाडीमा सो समूह भागेको थियो । सो कार्यमा प्रयोग भएको गाडी र सुनचाँदी प्रहरीले नियन्त्रणमा लिएको एसपी सुदीपराज भण्डारीले बताए ।
राजेशको घरमा भएको सुनसहितको लकर उनकै गाडीमा राखेर लगेको प्रहरीले जनाएको छ । सुन लुट्ने समूहको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । यसअघि शनिबार राति लहान नगरपालिका–१३ गढियाचोक स्थित अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटपाट भएकाे थियाे।
साे घटनाका कारण व्यवसायीहरु असुरक्षित भएकाे भन्दै नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले आज साेमबार मात्रै विज्ञप्ति प्रकाशित गरी सरकारकाे गम्भीर ध्यानाकर्षण गराएकाे थियाे।