नायिका केकी अधिकारीलाई कोरोना संक्रमण

काठमाडौं । नायिका केकी अधिकारीलाई कोरोना संक्रमण भएको छ ।
केकीले आफूलाई शंका लागेपछि कोरोना परीक्षण गराउँदा पोजेटिभ भएको पाइएको थियो । पहिलो पटक टेष्ट गर्दा नै कोरोना पोजेटिभ देखिएको थियो । तर, विश्वास नलागेर दोस्रो पटक पनि कोरोना परीक्षण गराएकी उनलाई दुबै पटक कोरोना पोजेटिभ देखियो । दोश्रो पटकको परीक्षणमा पनि कोरोना पोजेटिभ देखिएपछि केकी यतिबेला होम आइसोलेसनमा बसेकी छन् ।
केकीलाई कोरोना पोजेटिभ देखिएपछि फिल्म घिन्ताङको छायाँकन प्रभावित भएको छ । दिपक श्रेष्ठले निर्देशन गर्ने फिल्मको छायाँकन यही सोमबारबाट सुरु गर्ने तालिका थियो ।
तर केकीलाई कोरोना भएपछि फिल्मको छायाँकन रोकिएको हो । फिल्ममा केकीसँगै कलाकार गौरब पहारी मुख्य भूमिका रहेका छन् ।

 


तपाइको प्रतिक्रिया दिनुहोस्