इ-क्यान ललितपुर शाखाद्वारा भूकम्प पीडितहरुलाई १ लाखबढीको सहयोग

12.8k Shares

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इ-क्यान) ललितपुर शाखाले भूकम्प पीडितलाई आफ्ना सदस्यहरूबाट राहत रकम संलनन गरी इ-क्यान केन्द्रिय कार्यालय डिल्लीबजार काठमाडाैँमा आज बुधबार इ-क्यानका केन्द्रिय अध्यक्षलाई हस्तान्तरण गरियाे ।

गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट प्रभावितहरुका लागि राहत वितरण गर्ने उद्देश्यले ललितपुर इ-क्यान शाखाले एक लाख एकसय रुपैयाँ केन्द्रिय ई-क्यानलाई  हस्तान्तरण गरेको हो ।

उक्त रकमबाट भूकम्प प्रभावितहरुको राहत र उद्धारमा थोरै भएपनि सहयोग पुग्ने ललितपुर इ-क्यान शाखाको विश्वास छ । साथै यस सहयाेगले सम्पूर्ण व्यवसायीहरुलाई राहत वितरण गर्न प्रेरित गरिने पनि विश्वास लिइएकाे छ ।

 

सम्बन्धित समाचार