बेल्जियम युरोकप-२०२४ का लागि छनोट

566 Shares

काठमाडौँ– बेल्जियम युरोकप २०२४ का लागि छनोट भएको छ । गएराति भएको समूह एफको खेलमा अजरबैजानलाई ५–० गोलले हराउँदै बेल्जियम युरोकपमा छनोट भएको हो ।

बेल्जियमको जितमा रोमेलु लुकाकुले चार गोल गरेका थिए भने लियान्द्रो ट्रोसार्डले एक गोल थपेका थिए ।

समूहको ८ खेलमध्ये ६ मा जित र २ मा बराबरी गरेको बेल्जियमको २० अंकका साथ शीर्षस्थानमा छ । पराजित भएको अजरबैजानको ७ अङ्क छ ।

दोस्रो स्थानमा रहेको अष्ट्रेलियाको १९ अङ्क छ । 

सम्बन्धित समाचार