बाँकेमा करेन्ट लागेर एककाे मृत्यु

267 Shares

काठमाडौं । बाँकेमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ।खजुरा गाउँपालिका- १ का पूर्ण लम्सालले आफ्नाे माछापाेखरीमा राखेकाे करेन्ट लागि सविन रानाकाे मृत्यु भएकाे हाे।

माछा चाेरी हुने गरेपछि लम्सालले पाेखरी वरिपरि करेन्ट फिट गरेका थिए। जालसहित पाेखरीमा गएका रानालाई त्यही करेन्ट लागेकाे हाे।

रानासँग अर्काे एक जना पनि गएकाे खुलेकाे छ। घटनाबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे जनाएकाे छ।

सम्बन्धित समाचार