अर्थतन्त्रका सूचक सकारात्मक छन्, नेपालमा लगानी बढ्दैछः अर्थमन्त्री

267 Shares

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गर्ने बताएका छन्।सोमवार कांग्रेस पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा लगानी बिस्तरै बढ्दै गइरहेको बताए। उनले नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी विदेशी पर्यटक भित्रिने दाबीसमेत गरे।

अर्थमन्त्री महतले विदेशी पर्यटकहरूको कारण अर्थतन्त्र चलायमान बन्ने र आर्थिक गतिविधिहरू बिस्तारै बढ्दै जाने बताए।

उनले भने, ‘लगानी बिस्तारै बढ्दैछ। जग्गा कारोबार बिस्तारै बढ्दैछ। आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा धेरै विदेशी पर्यटक आउँदैछन्। मलाई लाग्छ- अहिलेसम्मकै सबैभन्दा ज्यादा नेपालमा वैदेशिक पर्यटक भित्रिँदैछन्। आर्थिक गतिविधिहरू बिस्तारै बढ्दैछन्। सरकारी खर्च व्यवस्थित गरिरहेका छौं। आर्थिक सूचक सकारात्मक छन्।’

अर्थमन्त्री महतले अर्थतन्त्र थप चलायमान बनाउन विज्ञहरूसँग थप सुझाव सल्लाह लिएर अघि बढ्ने पनि बताए।

सम्बन्धित समाचार