सडकआश्रित मानवहरुको व्यवस्थापन गर्न सरकारले ठोस योजना बनाउँदै छः प्रधानमन्त्री दाहाल

6.9k Shares

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले सहयोगापेक्षी सडक आश्रित मानवहरुको समुचित व्यवस्थापन हुने गरी आगामी संसद् अधिवेशनमा विधेयक पेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।मानव सेवा आश्रमले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। मानव सेवा आश्रमलाई सहयोगापेक्षी सडक मानव उद्धारका लागि आतिआवश्यक पर्ने भवन, जग्गा, बाहनलगायतका सेवा उपलब्ध गराउन पनि सरकार प्रतिबद्ध रहेको पनि प्रधानमन्त्री दाहालले बताए।

उनले त्यस अवसरमा सबै प्रदेशमा एक/एक वटा सडक आश्रित मानव उद्धारका लागि आजैबाट सञ्चालनमा आउने गरी सवारी साधन उपलब्ध गराउने घोषणासमेत गरे।प्रधानमन्त्री दाहालले सडक मानवमुक्त बनाउने नेपाल सरकारको घोषणा पूरा गर्नका लागि एक महिनाभित्र मन्त्रिपरिषद्‌बाट ठोस योजना बनाइ अघि बढ्ने संकल्पसमेत गरे।प्रधानमन्त्री दाहालले प्रदेश र स्थानीय तहको सरकारलाई पनि सडक सहयोगापेक्षी मानवहरुको उचित व्यवस्थापनका लागि आवश्यक बजेट तथा कार्यक्रमको व्यवस्थापन गर्न पनि आफूले समन्वय गर्ने बताए।

 
सम्बन्धित समाचार