मिथिलामा आज अक्षय नवमी मनाइँदै

11.8k Shares

महोत्तरी । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ । कात्तिक शुक्ल नवमीका दिन मनाइने पर्वमा अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ ।  पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाहाकारी खाना खाने परम्परा छ ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान विष्णु अमलाका रुखमा बस्ने हिन्दू मैथिल जनविश्वास  छ । अक्षय नवमीका दिन भगवान विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने हिन्दू मैथिल मान्यता छ । 

सम्बन्धित समाचार