लस भेगासमा गोली चल्दा कम्तीमा दुई जनाको मृत्यु

2.3k Shares

लस एन्जलस । लस भेगासमा शुक्रबार भएको गोलीकाण्डमा कम्तीमा दुई जनाको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएका छन् । स्थानीय  समाचार च्यानलले प्रहरीलाई उद्धृत गर्दै जनाए अनुसार स्थानीय समय साँझ ५स्३४ मा गोली चलेको हो।

प्रहरीले गोलीबारीमा मारिएका दुई जनाको चोटपटकबाट मृत्यु भएको खुलासा गरेको छ भने अन्य तीनजनालाई चोटपटक लागे पनि खतरामुक्त रहेको बताएको छ । लस भेगास महानगरीय प्रहरी विभागका प्रवक्ताले पीडितहरूलाई घरविहीन  व्यक्ति भएको उल्लेख गरेको छ ।

यसै बीच, एबिसी समाचार च्यानलले लस भेगासमा शुक्रबारको गोलीबारी लस एन्जलसका हालैका घटनाहरूसँग सम्बन्धित नभएको बताएको छ । सो घटनामा घरबारविहीनहरूलाई गोली हानेर मारिएको थियो र सम्भावित सिरियल किलरले लक्षित गरेको हुनसक्ने प्रक्षेपण गरिएको छ ।

ती तीनजना पीडितहरू फुटपाथमा एक्लै सुतिरहेका बताइएको छ ।आक्रमणकारी अझै फरार छन्।

सम्बन्धित समाचार