काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ८.७१ अंकले घटेको छ । यससँगै नेप्से २०४९.२८ विन्दुमा पुगेको छ । बिहीबार पाँच अर्ब ५८ करोड ११ लाख रुपैयाँमा एक करोड ६० लाख ५२ हजार १०१ सेयरको किनबेच भएको छ ।
१३ वटा उपसमूहको समूहगत सूचकमध्ये चार वटा हाइड्रो, इन्भेस्टमेन्ट, म्यच्युअल फन्ड र व्यापारको सूचक मात्रै बढेको छ ।
साताको अन्तिम कारोबार दिन ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको सेयर मूल्य घटेको छ । पाँच कम्पनीको सेयर मूल्य स्थिर छ ।
सबैभन्दा बढी कमाउनेमा दुई कम्पनी छ । कालिका पावर कम्पनी र सिंगटी हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत र तीन कम्पनीको ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी गुमाउनेमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको सेयर मूल्य ६.५६ प्रतिशत छ ।