बीपीका उपकुलपतिलाई प्रधानमन्त्रीको निर्देशन : तत्काल कार्यकारिणी समितिको बैठक बोलाउनुहोस्

9.6k Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिलाई तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिएका छन् ।प्रतिष्ठानका उपकुलपति डा.प्रह्लाद कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले समितिको बैठक बोलाउन निर्देशन दिएका हुन् ।

‘तपाईंले पदाधिकारीलाई काठमाडौँ नबोलाउनुस्, तपाईं धरान जानुस्, कार्यकारिणी समितिको बैठक बोलाउनुस्, अन्तर्वार्ताको मिति तोक्नुहोस् र नियमावली संशोधनको प्रस्ताव सिनेटमा लैजाने निर्णय गर्नुस्’, प्रधानमन्त्रीले निर्देशन दिए ।यसैबिच प्रधानमन्त्रीले सहकुलपति तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतलाई फोन गरेर आजैका मितिले कानुनअनुसार २१ दिनको समय राखेर सिनेटको मिति तोक्न पनि निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ ले यही माघ २ गते नै स्वास्थ्य मन्त्री बस्नेतलाई बोलाएर बीपी प्रतिष्ठानका शिक्षक, कर्मचारी र चिकित्सकहरूका आवाज सुनेर समस्या समाधान गर्न निर्देशन दिएका थिए । बीपी प्रतिष्ठानमा कार्यरत चिकित्सक कर्मचारीहरू विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

सम्बन्धित समाचार