माथेमाले सहादत प्राप्त गरेकाे स्थानमा स्मृतिसभा

8.7k Shares

काठमाडौं- सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेकाे स्थानमासाेमबार स्मृति सभा सम्पन्न भएको छ।सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेकाे दिनमा स्मृतिसभाकाे आयाेजना गरिएको हो।सभा आयाेजना गरिएकाे सिफल उकालाेभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो। सडक विस्तारका क्रममा शालिक भत्काउनु पर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो।

यसरी सार्ने क्रममा पुरानो कालो रंगको अर्धकदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रंगको ढलोटको सालिक बनाइएको थियो। यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको हो।सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोलले जनमानसमा सहिदको योगदान पुर्‍याउन काम गरिएको बताइन्।

माथेमाको सम्मानमा महानगरले वडा २३ ओमबहालमा पार्क बनाएको छ।विसं १९९७ साल माघ १३ गते काठमाडौंको सिफलमा रहेको बकाइनोको रुखमा झुण्ड्याएर माथेमालाई प्राणदण्ड दिइएको थियो। त्यस बेला उनी ३१ वर्षका मात्र थिए।

सम्बन्धित समाचार