आर्थिक उन्नतिका लागि गाँजालाई कानुनी मान्यता दिनुपर्छ

जाने श्रीखण्ड, नजाने खुर्पाको बिँड भने जस्तै गाँजा र भाँग पनि त्यस्तैमा पर्छ । गाँजा र भाँग यसको उपयोगिता र यसको महत्वलाई बुझेर ‘लागू पदार्थ’ बाट जति सक्यो छिटो हटाएर फेरि ओैंषधि र अन्य उपयोगी सामाग्रीहरु वनाएर प्रयोगमा ल्याउनु पर्छ । यसले नेपाली जनताको आर्थिक सम्बृद्धि र उन्नतिको बाटो खुल्ने छ ।
नेपालमा सबैभन्दा पहिला सनातन धर्म प्रचलनमा थियो । सनातन धर्मको सबैभन्दा राम्रो ग्रन्थ भन्नाले चार वेद थियो । चार वेद मध्ये एउटा वेद थियो ‘अथर्व वेद’ जसमा बेदव्यासले हजारौँ हजार वर्ष अगाडि लेखेको यो कितावमा धेरै किसिमका वोट विरुवा जडिबुटिहरुको महत्वपूर्ण परिभाषा मध्यै एउटा विरुवा ‘गाँजा भाँग’ हो । यसले खुशी दिन्छ, शान्ति दिन्छ, ध्यान दिन्छ, संसारमा खुशी छाउँछ भनेर बेदमा लेखेको छ । सनातन धर्मकै कुरा गर्दा शिव भगवान्लाई बिर्सनु र भुल्नु पनि हुँदैन । भगवान शिवसँग जोडिएर आउने गाँजा भाँगलाई मानव सृष्टिसँगै देवता र राक्षेस बिचको समुन्द्र मन्थनबाट अमृत निकाल्ने भनेको हलाहल नामको बिष निस्केपछि अब दुवै विच बिबाद उत्पन्न भयो सो बिष खाएपछि मृत्यू हुने भएकोले बिबाद साम्य बनाउन भगवान् शिवजीले हलाहल नामको बिष सबै खाएर घाँटिमा राखेको हुँदा उहाँको नाम निलकण्ठ भोले बावा हुन गयो । बिषको सेवनले गर्दा एकदम छटपटी भएकोले सितल खोज्दै हिमालयमा बस्न पुगे । त्यसपछि बिषको नसालाई मार्नको लागि शिवजिले गाँजा भाँग प्रयोग गरेको पनि पाइन्छ ।
शिवजीको एकदिन घरमा परिवारसँग झगडा भएछ र रिसले शिवजी पृथ्बीलोकको जङ्गलमा गएर सुत्नु भएछ र उहाँ बिउँझे पछि उहाँले लिएको छहारी त गाँजा भाँगको बोट पो रहेछ । उहाँले त्यसको सेवन गरेपछि शिवजीलाई स्वर्गीय आनन्द आएछ, तनाब मुक्त भएर घरमा पुगेछन् । त्यसपछि शिवजीको प्रिय वस्तु गाँजा चाहि शिव बुटी हुन पुग्यो भन्ने किम्वदन्ती पाइन्छ । हामी हाम्रो पूर्बीय दर्शनलाई पच्छ्याउँदै हिँडदा वा सनातन धर्मलाई लिएर हिँड्दा हामी सक्षम र आत्मनिर्भर मात्र होइन हामीले बिदेशीलाई खाद्यान्न जडिबुटीलगायल अन्य सामानहरु निर्यात गथ्र्यौं । लिच्छबि कालमा त हामी सुवर्णयूगमा थियांै । मल्लकाल र पृथ्वी नारायण शाह कालिन शासन हेर्ने हो भने तेतिवेलाका शासकहरुको जनताको लागि सोचेर आत्म निर्णय गर्दथे । त्यतिबेला नैतिकताको पढाई हुन्थो । ईश्वरको नाममा सपथ खान्थे र पो घुस खाँदैनथे बेमानी गर्दैनथे डराउथे ।
साम्राज्यवादी मुलुक अमेरिकाले दोस्रो विश्व यूद्वपछि विश्वमा आर्थिक क्रन्तिको सुरुवात भयो । त्यससँगै नेपालमा गाँजालाई आम्दानीको श्रोत बनाएको थियो । झण्डै वार्षिक एक करोड आमदानी हुन थालेको थियो । त्यसपछि मध्य पश्चिमका पहाडी गाउँहरुबाट प्रशस्तै मात्रामा गाँजा भाँग उत्पादन बिक्री बितरण हुन्थ्यो भने तराईका जिल्लाहरु पर्सा, बारा, धनुषा, सिराहा, महोत्तरीलगायतका जिल्लाहरुमा नगदे बालिको सट्टा गाँजा भाँग लगाउन थाले र मनग्य पैसा कमाउन थाले । नेपालको अर्थत्रन्त्र पनि बलियो हुन थाल्यो । अमेरिकाले अन्य लागु पदार्थहरु जस्तै कोकिन, हिरोइन, ब्राउन सुगर, निकोटिन यूक्त चुरोट, हुस्कि, ब्रान्डिजस्ता धेरै किसिमका नसालु पदार्थ त्यहाँका नागरिकहरुले सेबन गरेर झूलेर बस्न थाले । झुलेर बसी कुनै काम नगर्ने भएको हुँदा नागरिक बिग्रिने डरले अमेरिकाले लागु ओैंषधिलाई प्रतिबन्ध लगायो । त्यसपछि गाँजाको बोटबाट चार महिनामा कागजको लागि लोक्ता उत्पादन हुने राम्रो हलुका कागज उत्पादन हुने भएका कारण कागज ब्यापारीहरुले गाँजाको वोटवाट लोक्त तयार पार्न थाले । अमेरिकाको एक कागज कम्पनिलाई कागजको लागि लोक्ता तयार पार्न कम्तिमा पाँच÷सात वर्ष लाग्ने भएकोले बंैकको ठुलो लगानीको कारण प्रतिस्पर्धा गर्न नसकिने अवस्था थियो । त्यसपछि ती कागज कम्पनीहरुले गाँजाको लोक्ता तयार पारी सो लोक्ताबाट हल्का, क्वालिटीयुक्त, टिकाउपन हुने कागज उत्पादन भयो । त्यसपछि सोही कागजबाट पहिलो बाइवल लेखेको भन्ने किम्बदन्ती पाइन्छ ।
त्यसपछि गाँजालाई ह्यासीस नभनी यसलाई लागू ओैंषधि ९म्याराजुना० भनेर अरु लागु ओैंषधिको नाममा लिस्टिङ गरेर १९३७ मा प्रतिवन्ध लगायो र औषधीको लागि भनेर थोरै मात्रामा गाँजा उत्पादन गर्न सरकारले अनुमति दिएको थियो । १९७० मा भने लागू पदार्थ चाहि पुरै प्रतिबन्ध लगाइयो । अमेरिकामा लागू ओैंषध प्रतिबन्धित भएपछि त्यहाँका हिप्पिहरु ह्यसीस खोज्ने सिलसिलामा इन्डिया हुँदै नेपाल पसे तेसपछि काठमाडौंको मोरुहिटी, झोंछे, न्यूरोड, स्वयम्भु तिर जताततै हिप्पिहरुको जगजगी हुन थाल्यो । गाँजा फ्रि भएकोले ठाउँठाउँमा ह्यासीस सेन्टरहरु तेतिबेला तिसवटा जति खोलेको देखिन्छ । तेतिबेला गाँजाको राम्रो ब्यापार थियो । अमेरिकी सरकारले आफ्नो नागरिक बिग्रिन लागेको देखेर यूएनसँग मिलेर नेपाल सरकारलाई गाँजामा प्रतिबन्ध लगाउन दवाव दिन थाल्यो ।
यसको बढ्दो ब्यापारसँगै १९६१ मा अमेरिकाले लागू ओैंषधको ऐन जारी ग¥यो लगतै अर्को वर्षमा उत्पादन विक्री, वितरण तथा आयात, निर्यातमा अनुमति पत्र लिनुपर्ने नियम बनायो । त्यतिबेलाको सरकारले १९७३ तिर सबै बिक्री बितरणमा प्रतिबन्ध लगायो । यसले नेपाल सरकारलाई वार्षिक आम्दानी अन्दाजी एक करोड नोक्सान हुन पूग्यो ।
नेपालमा गाँजा प्रतिबन्ध लगाएको एक महिनापछि बृटिस इन्डियाले नेपाललाई चुरोट बेच्न चाहन्थ्यो । त्यसैले चुरोटमा लत बसाल्नको लागि फ्रीमा जताततै चुरोट बाड्न थाले । चुरोटले क्यान्सर हुन्छ भने रक्सीले लिवर खराब बनाउँछ । यी हानी कारक चिजहरुको हामीलाई लत बनायो र हामीहरुलाई नभई नहुने बनाएपछि हाम्रो अर्थतन्त्र बिदेश जाने भयो । रक्सीले उत्तेजनामा आउने शरीरलाई हानी हुने काम गर्छ भने चुरोटले विस्तारै क्यान्सर बनाउने काम गर्छ । तर, नेपालमा उत्पादन हुने गाँजा सालिन चिज हो, यो खाएर खासै असर हँुदैन । धेरै खाएमा अमृत पनि विषय हुन्छ, त्यसैले गाँजालाई तरिका पु¥याएर खानाले स्वास्थ्यको लागि अति राम्रो हुने विश्लेषकहरुको भनाई छ ।
नेपालमा गाँजा प्रतिबन्ध लगाउनु अगाडि नेपाल आर्यूवेद अस्पताल, वैध्यखानाले गाँजाबाट बिभिन्न प्रकारको ओैंषधि बनाएको पाइन्छ
१। रातो गोली : हैजा (कोलेरा) को लागि रामवाण नै थियो ।
२। दुग्धवटी : आन्द्राको समस्या (कोलाइटिस) को लागि प्रयोग हुन्थ्यो ।
३। लक्ष्मी गुलाफ : एआरआई, कमल कोल्ड, स्वास प्रस्वास सम्बन्धी समस्यामा ।
४।त्रिभूवन त्रिति : जरोको लागी उपचार गरिन्थ्यो ।
५। मानसिक रोग, कुपोषण, झाडा पखला आदि धेरै प्रकारका ओैंषधिहरु बनिसकेको थियो ।
गाँजाबाट ओैंषधि मात्र नभएर मानव जिबनमा प्रयोग हुने गाँजाको बोटको रेस्साबाट कपडा, जुत्ता, प्लास्टीकजन्य बस्तु, कागत, तेल, बायो ग्यासहरु र कश्मेटिक सामानहरु बनाउन सकिन्छ ।
प्रत्येक किसानको घरमा गाई, भैशी, भेडा—बाख्रा पाल्ने किसानहरुमा आवश्यकता अनुसार सबैकोमा गाँजा राखेको हुन्छ । किनकी घर पालुवा जनावर बिरामी हँुदा गाँजालाई ओैंषधिको रुपमा खुवाउने गरिन्छ ।
गाँजा हानिकारक भन्दा धेरै फाइदाजनक भएकोले यसलाई लागू पदार्थमा लिनु हुँदैन । गाँजालाई पछिल्लो समय धेरै मुलुकहरुले लिगलाइजेसन गरेर केही खाने ठाउँ तोकेर तोकिएकै ठाउँमा किन्न, खान थोरै मात्रामा केही ग्राम लिएर हिँडन समेत पाउने तर त्यस ठाउँहरुको हकमा भने फोटो खिच्न भने प्रतिबन्ध लगाएको छ । कुनै देशहरुमा जेल नहाल्ने जरिवाना गर्ने देशहरु पनि छन् भने कुनै देशहरु जेल हाल्ने पनि छन् । त्यसैले आ—आफ्नो देशको नियम कानुन आफंै बनाउछन् ।
यतिखेर नेपालमा दुई तिहाइको सरकर छ । किसानको हितमा काम गर्ने हो भने सुवर्णयुग छ । पहिला गाउँ, शहर सबै ठाउँमा जडीबुटि प्रसोधन केन्द्रहरु बनाएर सातै प्रदेशमा जडी बुटी रिसच सेन्टर बनाएर हाम्रो प्रतिबन्धित जडिबुटि गाँजालाई लिगलाइजेसन गरी सरकारको निगरानिमा एकद्वार निति ल्याएर गाँजालगायत अन्य जडिबुटिहरु प्रशोधन गरी ओैंषधि बनाएर बिदेशमा निर्यात गर्नुपर्छ ।
बैदेशिक रोजगारीमा खाडी मुलुकमा गएका करिब ८० लाख युवाले समेत काम पाउने वातावरण बन्छ । हाम्रो देशमा राम्रो उत्पादन हुने गाँजाको प्रयोग शाला र रिसर्च सेन्टरहरु खोलेर राज्यले औषधी उत्पादन गरेर स्वदेशलगायत विदेशमा समेत निर्यात गर्ने वातावरण बनाउने हो भने तमाम युवा रोजगारीका लागि विदेशिनु पर्ने छैन । सबैले नेपालमै काम पाउने वातावरण बन्छ र मुलुकले पनि दिन एक गुण रात चौगुणाको हिसावले आर्थिक उन्नती गर्नुका साथै राज्य पनि धनी हुने र आत्मनिर्भर हुने अवस्था सिर्जना हुन्छ । वास्तवमा अमेरिकाले गाँजालाई प्रतिबन्ध लगाएको थियो अहिले आएर अमेरिकाले नै आफ्नो ११ वटा राज्यमा गाँजालाई कानुनी रुपमा मान्यता दिई खुल्ला गरिसकेको छ । सन् २०२० देखि अमेरिकाको सिकागो सिटीमा पनि गाँजालाई खुल्ला गरिसकेको अवस्था छ । त्यसैले यसतर्फ नेपालले पनि ध्यान पु¥याएर गाँजालाई कानुनी मान्यता दिई उत्पादन बढाई आर्थिक उन्नति गर्न तिर लाग्नुपर्ने अवस्था तत्काल आइसकेको छ । यसतर्फ ध्यान दिएको खण्डमा नेपालको आर्थिक उन्नति हुने अवस्था सिर्जना हुने देखिन्छ । समयमै सम्बन्धित निकायको यसतर्फ चासो जाओस् ।


तपाइको प्रतिक्रिया दिनुहोस्