ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज

1.7k Shares

काठमाडौं । ललितानिवास जग्गा भ्रष्टाचार प्रकरणको फैसला आज गरिने भएको छ । गएको माघ २ गतेदेखि विशेष अदालतमा सुरु अन्तिम सुनुवाइको बहस मंगलबार सकिएको थियो । बुधबारै फैसला सुनाइने भनिए पनि ‘हेर्दाहेर्दै’मा राखिएको थियो । आज फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीको भनाइ छ ।

बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७६ माघ २२ गते दायर गरेको रिटमा पूर्वमन्त्री, उच्च अधिकारी र भूमाफिया र जग्गा खरिदकर्तासहित १७५ जनालाई विपक्षी बनाइएको छ ।

पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीहरू डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी, अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिवहरू दिनेशहरि अधिकारी, छविराज पन्त, भूमाफियाका रूपमा जग्गा कारोबारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई विपक्षी बनाइएको मुद्दामा चार वर्षपछि फैसला हुन लागेको हो ।

सरकारले अधिग्रहण गरिसकेको ११२ रोपनी जग्गा अनधिकृत रूपमा व्यक्तिका नाममा गरी गैरकानुनी लाभ लिएको अभियोगमा दाबी गरिएको छ । सरकारले अधिग्रहण गरेको सो जग्गा समेत जफत भएको भन्ने अर्थ लगाई सुवर्णशमशेर राणाका सन्तानले ०४९ मा फिर्ता लिएको र भूमाफियाको चलखेलमा ०६२, ०६७ र ०६९ सालमा अतिक्रमण भई व्यक्तिका नाममा दर्ता गरिएको अभियोग छ ।

सम्बन्धित समाचार