
ललितपुर । अन्तर्राष्ट्रिय स्वयंसेवा सङ्गठन असेज(ASEZ)ले ‘विश्वव्यापी वातावरण सरसफाइ कार्यक्रम' सम्पन्न गरेको छ । ललितपुरस्थित पाटन बहुमुखी क्याम्पस परिसरमा फागुन १० गते बिहीबार बिहान ८ बजे क्याम्पसमा अध्ययनरत ASEZ का सिनियर तथा जुनियर सदस्यहरू गरी करीब ३० जनाको सहभागितामा उक्त कार्यक्रमा सम्पन्न भएको हो ।
उपस्थित स्वयंसेवकहरूले क्याम्पस वरपर करीब २ किलोमिटर दूरीसम्म कागज, डिस्पोजेबल कप तथा स्ट्र, प्लास्टिकको झोला जस्ता फोहोरजन्य चीजहरू सङ्कलन गरी त्यसलाई व्यवस्थित समेत गरेका थिए । करीब १ घण्टाको सरसफाइ अभियानमा ३० लिटरको प्लास्टिक झोला गरी करीब १२ झोला फोहोरले संकलन गरिएको थियो । सरसफाई पश्चात् क्याम्पस वातावरण वरपर सफा र चिटिक्क देखिएको थियो ।
यस्तैमा स्वतन्त्र विद्यार्थी युनियनका कोषाध्यक्ष तिलक बहादुर कुमालले ASEZ का सदस्यहरूले गरेको कार्यले आफुलाई भित्र हृदयदेखि प्रेरणा मिलेको बताउनुभयो । कुमालले अगामी दिनहरूमा ASEZ सँग सहकार्य गर्दै क्याम्पसलाई सफा, स्वच्छ र हराभरा बनाउँदै लैजाने कुरामा आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो । वहाँले असेज स्वयंसेवकहरूको परिश्रमप्रति आभार समेत व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी स्वतन्त्र विद्यार्थी युनियनका उपाध्यक्ष शुष्मा आर.एल. शाहीले “सरसफाई कार्यक्रम निकै उत्साहजनक रहेको र आगामी दिनमा ASEZ ले गर्ने जुनसुकै अभियानमा पनि आफ्नो पूर्ण समर्थन रहने कुरा जाहेर गर्नुभयो ।
ललितपुरको पाटन बहुमुखी क्याम्पस नेपालको ठूला क्याम्पसहरूमध्ये एक हो । करीब आठ हजार विद्यार्थीहरु अध्ययनशिल उक्त क्याम्पसमा लेक्चर हल, पुस्तकालय, परीक्षण कक्ष आदि रहेको छ भने अरु विभिन्न विधामा मानविकी, सामाजिक विज्ञान, शिक्षाशास्त्र जस्ता विषयहरू अध्ययन हुँदै आइरहेको छ ।
ASEZ परमेश्वरको मण्डलीसँग सम्बद्ध छ । परमेश्वरको मण्डली, विश्वका १७५ देशहरूका ७,५०० भन्दा बढी क्षेत्रहरूमा अवस्थित एक वैश्विक मण्डली हो। परमेश्वरको मण्डलीले बाइबलको शिक्षाअनुसार पिता परमेश्वर र माता परमेश्वरलाई विश्वास गर्दछ । परमेश्वरको मण्डलीले कोरियामा मात्र नभएर आमाको मनद्वारा विश्वभरिनै पिछडिएका छिमेकीलाई रक्तदान अभियान र मानवीय सेवा गर्ने जस्ता गतिविधिहरू गर्दैआएको छ। यसरी सक्रिय स्वयंसेवा कार्य गरेबापत परमेश्वरको मण्डली कोरिया, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, र ब्राजिलका सरकारी तथा गैर-सरकारी संस्थाहरूगरी ३,८००भन्दा बढी मेडल, प्रशंसापत्र र कदर पत्रद्वारा सम्मानित पनि भएको छ ।