रौतहटका ६ युवाले सुरु गरे अयोध्यासम्मको पैदल यात्रा

2.2k Shares

काठमाडौं । रौतहटको राजापुर नगरपालिकाका ६ युवक भारतको अयोध्या धामसम्म पैदल यात्रामा निस्किएका छन् । अयोध्या धाममा हालै उद्घाटन भएको श्रीराम लगायत मन्दिरहरूमा दर्शन गर्ने उद्देश्य लिएर उनीहरुले शनिबारदेखि पैदल यात्रा सुरु गरेका हुन् ।

धार्मिक यात्रामा निस्केका युवाहरूको टोलीमा राजापुर नगरपालिका ५ का २५ वर्षीय सुरेन्द्र साह, सोही उमेर समूहका रमेश साह, शम्भु यादव, रुपेश साह, हरिनारायण साह र लालबाबु साह रहेका छन्। राजपुरदेखि पैदल हिँडेर ७ दिनमा अयोध्या धाम पुग्ने लक्ष्य रहेको उनीहरूले बताएका छन् ।

धार्मिक यात्राका लागि निस्कँदा उनीहरूलाई राजापुर ५ का वडा अध्यक्ष कृष्णन्दन साह लगायतले खाँदा ओढाएर बिदाइ गरेका छन् । राजापुरबाट उनीहरू बंकुल बजार, बाराको काचोर्वा नाका हुँदै भारत प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार