उन्नती सेकेण्डरी स्कूलको 'बार्षिक उत्सब २०८०' भव्यताकासाथ सम्पन्न

27.8k Shares

ललितपुर । ललितपुरको लगनखेल अवस्थित उन्नती सेकेण्डरी स्कूलले आफ्नो स्कूलको 'बार्षिक उत्सब तथा अभिभावक समारोह -२०८०' भव्यताका साथ सम्पन्न गरेको छ । चैत्र ३ गते शनिबारको दिन पारेर आफ्नै प्राणङ्गमा स्कूलले उक्त कार्यक्रम आयोजना गरेको हो । 
विहान ११ बजे शुरु भएको उक्त कार्यक्रमको सभापतिको आसन स्कूलका प्रिन्सिपल उर्बशी चौहान खड्काले गर्नुभएको थियो भने प्रमुख अतिथीका रुपमा सोलुसन समाजका अध्यक्ष सन्धुराम महर्जन उपस्थित हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथिका रुपमा बटुक भैरब श्री गणेश टोल सुधार समितीका अध्यक्ष रञ्जन ठकूरी लगायत अन्य स्रष्टाहरु मञ्चमा अतिथीका रुपमा सहभागी हुनुहुन्थ्यो ।
देशको राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रममा स्कूलका विद्यार्थीहरुले आफ्नो उत्कृष्ट कला, प्रतिभा तथा कौशलता प्रदान गर्नुभएको थियो जसमा बिद्यार्थीहरुले 'सयमको मूल्य र अनुशासन' सम्बन्धित विषयमा रहेर प्रहशन, नाटक लगायत विभिन्न जनजातकिो भेषमा नृत्य तथा गायन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई प्रमुख अतिथी तथा विशेष अतिथीको हातबाट प्राइज हस्तान्तरण लगायत प्रमाणपत्रहरु समेत वितरण गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी सन्धुराम महर्जनले उन्नती स्कूलले नाम अनुसार आफ्नो कार्य गर्दै गरेकोमा प्रशंसा गर्नुभएको थियो । वहाँले विद्यार्थीहरुलाई आफुले सम्मान दिनसके मात्र उनीहरुले पनि देशको पछि गएर सम्मान गर्ने कुरामा दुईमत नभएको बताउनुभयो । त्यस्तै कार्यक्रमा सभापतिको आसन गर्नुभएका प्रिन्सिपल खड्काले विद्यार्थीहरुलाई स्कुलको किताब बाहेक बाह्य ज्ञानका कुराहरुमा पनि समावेश गराउनुपर्ने अलिहेको आवश्यकता रहेको बताउनुभयो । वहाँले आफ्नो स्कूलले अहिलेदेखिनै आत्मनिर्भर बनाउने किसिमको सीपमूलक तालिमहरु आफ्नो विद्यार्थीहरुलाई प्रदान गरी व्यावहारिक बनाउन अहिलेदेखिनै आफ्नो स्कूलले अग्रणी भूमिका निर्वाह गरिरहेको जिकिर समेत गर्नुभयो । प्रध्यानाध्यापिका खड्काले अभिभावकहरुलाई पनि आफ्नो बच्चाहरुप्रति सचेत र जागा रहन आग्रह गर्नुभयो । कार्यक्रम अपरान्ह ३ बजे समापन गरेको भएको थियो भने कार्यक्रममा चियापानको व्यवस्था पनि समावेश थियो ।

1.JPG26.JPG25.JPG24.JPG23.JPG22.JPG21.JPG20.JPG19.JPG18.JPG17.JPG16.JPG2.JPG26.JPG5.JPG4.JPG6.JPG6.JPG7.JPG9.JPG12.JPG13.JPG

सम्बन्धित समाचार