साहब आमले नै लिए आयरल्यान्डको पाँचौँ विकेट

2k Shares

काठमाडौँ । दोस्रो एकदिवसीय क्रिकेटमा शुक्रबार नेपालको ‘ए’ टोलीले आयरल्यान्ड ‘ए’ को पाँचौँ विकेट लिएको छ । आयरल्यान्डको पाँचौँ विकेट पनि साहब आलमले नै लिए । उनले आयरल्यान्डका छैटौँ नम्बरका ब्याट्सम्यान गारेथ डेलानीलाई भीम सार्कीद्वारा क्याच गराए । 

डेलानीले खातासम्म खोल्न सकेनन् । साहब आलमले लिएको यो तेस्रो विकेट हो । नवौँ ओभरको अन्तिम बलमा डेलानी आउट हुँदा आयरल्यान्डले केवल ३४ रन बनाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले टस जिती पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो ।

सम्बन्धित समाचार