आईपीएल : हैदरावादले पञ्जाबलाई हरायो

2.1k Shares

काठमाडौं-इन्डियन प्रिमियर लिग-आईपीएल अन्तर्गत हिजोको रोमाञ्चक खेलमा सनराइजर्स हैदराबादले पञ्जाव किंग्सलाई मात्र २ रनले हराएको छ । 

अन्तिम ओभरमा जितका लागि २९ रन चाहिएका बेला पञ्जाबले २६ रन बनायो र २ रनको झिनो हार बेहोर्‍यो ।

चण्डीगढमा पञ्जावले टस जितर फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो । हैदराबादका लागि युवा ब्याटर नीतिश रेड्डीले ३७ बलमा ४ चौका र ५ छक्कासहित ६४ रनको अर्धशतकीय योगदान दिए । अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन जोडे । पञ्जावका लागि अर्शदीप सिंहले ४ विकेट लिए ।

१ सय ८३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको पञ्जावले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्र बनाउन सक्यो । श्याम करनले २९ र सिकन्दर राजाले २८ रन जोडे । शशांक शर्माले ४६ र आशुतोष शर्माले १५ बलमा ३३ रनको विष्फोटक अविजित इनिङ खेले पनि हार टार्न सकेनन् । यो जोडीले अन्तिम ओभरमा २६ रन बनाए पनि पञ्जाव २ रनले पराजित भयो । 

सम्बन्धित समाचार