कांग्रेस बैठक : संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा, सरकारलाई चेतावनी

1.9k Shares

काठमाडौँ । नेपाली कांग्रेसले सरकारलाई संसदीय मूल्य मान्यताविरुद्ध काम नगर्न सरकारलाई चेतावनी दिएको छ । आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् अधिवेशन अन्त्य गर्ने निर्णयको निन्दा गर्दै यस्तो निर्णय गरेको हो । दलको बैठकपछि कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बजेट अधिवेशनका लागि पर्याप्त समय हुँदाहुँदै पनि अधिवेशन अप्रत्याशित रूपमा अन्त्य गर्ने निर्णय घोर निन्दा भएको बताए ।

‘संसद्को अधिवेशन अन्त्य गर्ने निर्णयको कांग्रेस घोर भर्त्सना र निन्दा गर्दछ । अलोकतान्त्रिक र संसदीय मूल्य मान्यताका विरुद्ध काम नगर्न सरकारलाई कडा चेतावनी पनि दिन्छौँ,’ उनले भने । लेखकले सरकारको तानाशाही प्रवृत्तिका कारण आफूहरूले २ दिन मात्रै संसद् अवरोध गरेको र यसको जिम्मा सरकारले लिनुपर्ने बताए । उनले भने, ‘प्रतिपक्षको अवरोधका कारण संसद् चल्न नसकेको भन्ने तर्क लज्जास्पद छन् । संसद्का कुनै पनि काम कारबाही अवरोध गरेको थिएन । सरकारको तानाशाही प्रवृत्तिका कारण २ दिन अवरोध भएको हो । यसको जिम्मा सरकारले नै लिनुपर्दछ ।’ 

सरकारका उपप्रधान तथा गृहमन्त्री नै सहकारी ठगीमा संलग्न रहेको विषयमा छानबिन गर्न माग गर्दा सरकार सदनबाट भागेको लेखकले बताए । कांग्रेसले सहकारी ठगीमा एक महिनादेखि सदनमा गृहमन्त्री लामिछानेमाथि प्रश्न उठाउँदै आएको थियो । आगामी अधिवेशनमा पनि कांग्रेसले गृहमन्त्री लामिछाने जोडिएको सहकारी ठगीको विषय निरन्तर उठाउने लेखकले बताए ।

सम्बन्धित समाचार