धनुषाको शहिदनगरमा महिलाको शव फेला

1.6k Shares

काठमाडौँ । धनुषाको शहिदनगर नगरपालिका–४ मा महिलाको शव फेला परेको छ । हंसपुर नगरपालिका–७ घर भएकी शुभदेवी मण्डलको शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवाले  बताए ।

५५ वर्षीया शुभदेवी मण्डल गहुँखेतमा मृत भेटिएकी हुन् । शव भेटिएको ठाउँ उनको माइतीगाउँ हो । उनको टाउकोमा चोट देखिएको छ । घटनास्थलमा तालिम प्राप्त कुकुर परिचालन गरेर अनुसन्धान शुरु गरिएको डीएसपी अवाले जानकारी दिए । 

सम्बन्धित समाचार