सांसद बजगाईसँगै अमेरिकी राजदूत मनास्लु हिमालको निरीक्षण भ्रमणमा

1.2k Shares

काठमाडौं ।  नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसन गोरखाको मनास्लु हिमालको निरीक्षण भ्रमणमा गएका छन् । गोरखा–२ बाट निर्वाचित कांग्रेस सांसद राजेन्द्र बजगाईको साथमा उनी मनास्लु हिमालको निरीक्षण भ्रमणमा गएक हुन् ।

सांसद बजगाई र राजदूत थम्पसन गोरखाको बारपाक हुँदै मनास्लु हिमाल वरपर जलवायु परिवर्तनको अवस्थाबारे अध्ययन गर्न पुगेका छन् । भ्रमणका क्रममा जलवायु परिवर्तनले स्थानीयको जनजीवनमा परेको असर र  पर्यटनका विकासका सम्भावनाबारे स्थानीय नागरिकसँग संवाद गरिने सांसद बजगाईँले बताए । 

उनका अनुसार भ्रमणको क्रममा राजदूत र भ्रमण दलले पौराणिक तथा साहसको प्रतीक गोरखा दरबारको निरीक्षण अवलोकन गर्ने कार्यक्रम राखिएको छ।

सम्बन्धित समाचार