सल्यान बस दुर्घटना अपडेट : १४ जना घाइते

8.9k Shares

काठमाडौँ । सल्यानमा बस दुर्घटनामा १४ जना घाइते भएका छन् । बागचौर नगरपालिका–२, ठिनबाङ खोला पुलमा भएको बस दुर्घटनामा १४ जना घाइते भएका हुन् । दुर्घटना चालकसहित १४ जना घाइते भएका र उनीहरूलाई स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको इलाका प्रहरी कार्यालय थारमारेले जानकारी दिएको छ ।

अहिले घटनास्थलमा प्रहरी निरीक्षक नवीन थापाको कमान्डमा उद्धार कार्य भइरहेको समेत प्रहरीले जनाएको छ । बस पल्टिएर सडकभन्दा तल खसेको छ । रा १ ख २०८५ नम्बरको यात्रुबाहक बस दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गर्दा दुर्घटनामा परेको हो । बस दाङको तुलसीपुर उपमहानगरपालिका बस्ने ३८ वर्षीय पूर्ण रानाले चलाएको प्रहरीको भनाई छ 

सम्बन्धित समाचार