ताइवानमा ६.३ म्याग्निच्युडको भूकम्प, ताइपेईका भवनमा क्षति

10.5k Shares

काठमाडौं । ताइवानमा ६ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको छ । पूर्वी प्रान्त ह्वालियन केन्द्रविन्दु रहेको भूकम्पबाट कुनै हताहति नभए पनि भूकम्पका कारण राजधानी ताइपेईका अधिकांश भवनमा क्षति पुगेको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको छ ।

हिजो साँझ ५ बजेदेखि राति १२ बजेसम्म ताइवानमा दर्जनौं भूकम्पको धक्का महसुस गरिएको बताइएको छ । यसअघि ३ अप्रिलमा गएको ७.२ म्याग्निच्युडको भूकम्पका कारण १४ जनाको मृत्यु भएको थियो। त्यसयता ताइवानमा सयौं भूकम्पको धक्का महसुस गरिएको छ ।

सम्बन्धित समाचार