कामपाको चेतावनीविरुद्ध सर्वोच्चको शरणमा संस्थागत विद्यालय

3.5k Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी नाम परिवर्तन गर्न दिएको निर्देशनविरुद्धमा प्याब्सन आबद्ध करिब २० विद्यालयले सर्वोच्चमा सोमबार साढे २ बजे मुद्दा दर्ता गराएका छन्।

विद्यालयलले शिक्षा नियमावली २०५९ (संशोधनसहित) को नियम १५४ को १ र कामपा विद्याललय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० विरुद्धमा मुद्दा दायर गरेका छन् ।

कामपाले दिएको निर्देशन पूर्ण रूपमा गलत भएको उल्लेख गर्दै मुद्दा दर्ता गरेको हो । कामपाले सबै विद्यालयको नाम नेपालीमा हुनुपर्ने भन्दै कामपाभित्रका २ सय ३४ विद्यालयमा पत्र पठाएको थियो । कामपाले चैत २१ गते सबै विद्यालयलाई नाम परिवर्तन गर्न पत्र पठाएको थियो ।

कामपा शिक्षा विभागले नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था भएकाले कानुनमा व्यवस्था भएबमोजिम सात दिनभित्र नाम परिवर्तन गर्न अंग्रेजी नामधारी सबै विद्यालयमा पत्र पठाएको थियो। विभागले चैत २७ गतेभित्र कार्यालयमा सम्पर्क गरी मौलिक नामकरण प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । केही विद्यालयले कामपा शिक्षा विभागमा पत्र पठाए पनि केहीले अटेर गरेका थिए ।

कामपा शिक्षा विभागमा पत्र पठाउने संस्थागत विद्यालयमध्ये हालकै नाम ठीक छ भन्ने २३, नयाँ नाम कायम गर्ने ७९ र ३५ दिनभित्र निवेदन दिने विद्यालयको संख्या ९६ गरी १ सय ९८ विद्यालयले उत्तर पठाएका थिए। सोको आधारमा प्रक्रिया अघि बढाउने तयारी गर्न लाग्दा तीन निकायले मुद्दा दायर गराएका हुन् ।

हिजो ब्याब्सन आबद्ध विद्यालयको तर्फबाट अन्तरिम आदेश माग गर्दै विद्यालयको तर्फबाट मुद्दा दर्ता गरेका थिए । एन प्याब्सन आबद्ध र हिसान आबद्ध विद्यालयको तर्फबाट छुट्टै मुद्दा दर्ता गर्ने तयारी छ । प्याब्सन उपाध्यक्ष आशिष श्रेष्ठले प्याब्सनले मुद्दा दर्ता गर्न सहजीकरण गरेको बताउनुभयो। ‘हामीले मुद्दा दायर गरेका होइनौं, प्याब्सन आबद्ध करिब २० विद्यालयको तर्फबाट मुद्दा दर्ता गरेका हौं –उहाँको भनाइ थियो। आजको नेपाल समाचारपत्र दैनिकबाट 

सम्बन्धित समाचार