सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

1.5k Shares

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज एक खेल अगाडि गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्दैछ। पाँच खेलको सिरिज चार खेल खेल्दा ३–१ ले गुमाएको नेपालले आज अन्तिम प्रतिस्पर्धा गर्न लागेको हो। यो खेल शनिबार दिउँसो कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

बिहिबार सम्पन्न चौथो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई २८ रनले पराजित गर्दै यसअघि नै पाँच खेलको सिरिज जितिसकेको छ।

चौथो खेलमा वेस्ट इन्डिजले दिएको २१० रनको लक्ष्य पछाएको नेपाल २० ओभरमा अल आउट हुँदै १८१ रनमा समेटिएको थियो। पहिलो खेलमा चार विकेटको शानदार जित निकालेको नेपाल त्यसपछि लगातार तीन खेलमा पराजित भएको हो। दोस्रो खेलमा १० रनले पराजित भएको नेपाल तेस्रो खेलमा ७६ रनको लज्जास्पद हार खान बाध्य भएको हो।

पाँच खेलको सिरिज गुमाए पनि नेपालका कप्तान रोहितकुमार पौडेलको प्रदर्शन भने शानदार रहयो। तीन खेल खेलेका उनले एक शतक र दुई अर्धशतक बनाएका छन्। पहिलो खेलमा शतक प्रहार गरेका पौडेलले दोस्रो र चौथो खेलमा अर्धशतक बनाएका हुन्।

सम्बन्धित समाचार