नेपालमा पनि मनाइयो विश्व रेडक्रस दिवस

1.6k Shares

काठमाडौँ । विश्व रेडक्रस दिवसका अवसरमा आज नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा मूल समारोहको आयोजना गरी दिवस मनाइएको छ । सो अवसरमा नेपालमा पनि रेडक्रस अभियानअन्तर्गत अङ्गका प्रमुखहरूले संयुक्त रूपमा रेडक्रसको झन्डोत्तोलन गर्नाका साथै ‘जँ हेनरी ड्युना’को तस्बिरमा माल्यार्पण गरेका थिए ।

सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा यो दिवस मनाइन्छ । यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको छ ।  

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका कार्यवाहक अध्यक्ष राधा नेपालीले यस वर्षको विश्व रेडक्रस दिवसको महत्वमाथि प्रकाश पार्दै मानवतालाई जीवित राख्न रेडक्रसले प्रदान गर्ने सेवाहरू मानवीय सेवाभावले ओतप्रोत हुनुपर्ने बताइन् । उनले सोसाइटीद्वारा सञ्चालित गतिविधिहरूमा मानवता झल्केको बताउँदै रेडक्रसको शिर उच्च राख्न रेडक्रसकर्मीहरू अहोरात्र लागिरहेको बताइन्  ।

सम्बन्धित समाचार