युके पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

1.3k Shares

काठमाडौं– युके पठाइदिन्छु भन्दै ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा सर्लाही हरिपुर नगरपालिका-२ घर भई हाल काठमाडौं दक्षिणकाली नगरपालिका-७ बस्ने ३० वर्षीय विधान कार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।

कार्कीले वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाई युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट उक्त रकम लिई सम्पर्क विहीन भई ठगी गरेको खुल्न आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं मिनभवनबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार