काठमाडौंमा एक युवकको हत्या, चार नाबालिग प्रहरीको नियन्त्रणमा

2.1k Shares

काठमाडौं– काठमाडौंको बत्तीसपुतलीस्थित कुमारी मार्गमा शनिबार राति एक युवकको हत्या भएको छ ।

मोरङको शनिश्चरे नगरपालिका–९ स्थायी घर भइ हाल काठमाडौं महानगरपालिका–९ पिंगलास्थन, विजयचोकमा डेरा गरी बस्ने २४ वर्षीय शम्भु धितालको चक्कु प्रहारबाट हत्या भएको हो ।

हत्यामा संलग्न चारजनालाई नियन्त्रणमा लिएर हत्याको कारणबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सीताराम रिजालले जानकारी दिए ।

पक्राउ परेका चारै जना नाबालिग रहेको र उनीहरुको नाम गोप्य राखिएको प्रवक्ता रिजालको भनाइ छ । प्रहरीले घटनाबारे आजै पत्रकार सम्मेलनमार्फत जानकारी गराउने बताएको छ ।

सम्बन्धित समाचार