‘बस्यौ अलक्कै’ मा अर्जुन र गरिमाको रोमान्स

1.3k Shares

काठमाडौँ । लोकगायक अर्जुन सापकोटाको नयाँ गीत ‘बस्यौ अलक्कै’ सार्वजनिक भएको छ । गीत गायनमा सापकोटालाई गायिका शान्तिश्री परियारले स्वरमा साथ दिएकी छन् । अर्जुनकै सङ्गीत रहेको गीतका शब्द सन्तोष सापकोटाले लेखेका हुन् । एचबिएन किस्मतको एरेन्ज गीतमा छ ।  गीतमा भिडियो पनि बनेको छ । भिडियोमा गायक सापकोटाले मोडल गरिमा शर्मासँग रोमान्स गरेका छन् । 

युवकको युवतीप्रति एकोहोरो प्रेमकथा देखाउन खोजिएको भिडियो विशाल घिमिरे निर्देशन गरेका हुन् । भिडियोमा बिराज बास्कोटा, बादल घिमिरे, सुवास खत्री, आकाश नेपाली, शिवु पाण्डे, बाल कलाकार सायम केसी र आरूष केसीको अभिनय छ । बुद्ध थापाको छायाङ्कन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । 

सम्बन्धित समाचार